नेपाली विशेषताकाे समाजवाद चाहिएको छ (भिडियोसहित )

२०८० भाद्र ९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संकटग्रस्त दलाल पुँजीवादलाई अन्त्य गरेर नेपाली विशेषताकाे समाजवाद चाहिएको बताएका छन। विरगञ्जकाे नगरसभा कक्षमा शुक्रबार समाजवादी माेर्चाको सन्देश सभालाई सम्बाेधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले नेपाली जनताको स्वाधीनतालाई सुनिश्चित गर्न सक्ने समाजवाद आजकाे आवश्यकता भएको उल्लेख गर्दै अहिलेसम्मकाे व्यवस्थाले नेपाली जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बाेधन गर्न नसकेको ठोकुवा गरे। उनलेे भने , -‘नेपाली जनताहरु धेरै विद्राेहहरु गरेका छन्, मधेसले पनि धेरै विद्रोह गरिसकेको छ, मधेसी जनताले पनि धेरै रगत बगाइसकेका छन्, मधेसमा धेरै उत्पीडन, समस्या र सल्लाहसुझाव पनि छ तर अहिलेको संकटग्रस्त दलाल पुजीवादविरुद्ध एउटा अन्तिम समाजवादी विद्राेह आवश्यक छ त्याे विद्राेहमा मधेसको सक्रिय सहभागिता हुनुपर्छ, सक्रिय सहभागिताका लागि अपिल पनि छ ।’


महासचिव विप्लव सी ले अहिले देशको स्वाधीनता सर्वाधिक संकटमा परेको बताउदै भूमण्डलीकृत साम्राज्यवादकाे चङ्गुलबाट नेपाललाई मुक्त गर्न सबै मिलि लाग्नुपर्ने बेला आएकाे बताए ।


महासचिव विप्लव सीले नेपाली जनताको भविष्य निर्माण गर्न कुनै हस्तक्षेपबाट नअत्तालिएर सबै नेताकार्यकर्ता र श्रमिक जनता मिलेर समाजवाद स्थापना गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नु आवश्यक रहेकोसमेत बताए ।
उक्त सन्देशसभामा समाजवादी माेर्चा, नेपालका नेताहरु प्रधानमन्त्री प्रचण्ड, माधवकुमार, उपेन्द्र यादव लगायतले समेत सम्बाेधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]