‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौता कुनै हालतमा स्विकार्न सकिन्न ‘

२०८० भाद्र १० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले एमसीसी जस्तो गम्भीर राष्ट्रघाती सम्झौता कुनै हालतमा स्विकार्न नसकिने बताएको छिन । नेकपा उपत्यका ब्युरो र जवस मोर्चाद्वारा आज आयोजित एमसीए कार्यालय घेराउ तथा विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
नेता शिलु सीले अमेरिकाले नेपाललाई राजनीति र फौजी क्रिडास्थल बनाउने उदेश्यले जबर्जस्ती लागु गर्न खोजेको दावी समेत गरिन ।
कार्यक्रममा नेकपाका विपिएम कृति सी लगायतले सम्बोधन गरेका थिए ।।
नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध निरन्तर संघर्षकाे कार्यक्रम गर्दै आएको छ । नेकपाले एमसीए, नेपालका प्रमुखकाे पुत्ला दहन, एमसीसी सम्झौता जलाउने, भित्तेलेखन लगायतका संघर्षको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]