‘एमसीसीविरुद्ध देशभक्त शक्तिहरु एकजुट हुनुपर्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसीविरुद्ध देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन। सो पार्टीद्वारा आयोजित राष्ट्रघाती एमसीसी विरुद्ध बृहत अन्तरक्रिया कार्याक्रमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् । प्रकाण्ड सीले एमसीसी विरुद्ध बृहत अन्तरक्रिया कार्याक्रमको संचालन गर्दै एमसीसी विरुद्ध देशभक्त शक्तिहरु एक भएर नयाँ क्रान्तिको मोर्चा खोल्नु पर्ने बेला आएको बताए । उनले सरकार र एमसीसी पक्षधर बीच र आगामी १३ गतेसम्म एमसीसी सम्झौता कार्यान्वय गरी सक्नुपर्ने सम्झौता भएकाले त्यसलाई सबै राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरुले ध्वस्त पार्नुपर्ने बताए ।
कार्यक्रममा एमसीसी विरुद्ध रचिएको क्रान्तिकारी गीत नेकपाका पोलिट व्यूरो सदस्य चिरन पुनले गाएर सुनाएका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा एमालेका नेता डा. भिम रावल, पूर्व न्याधिवक्ता युवराज संग्रौला, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला, पूर्व जनरल नेपाली सेनाका प्रेमसिंह बस्न्यात र बरिष्ठ बुद्धिजीवी डा.सुरेन्द्र भण्डारी लगायतका व्यक्तित्वहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।