एमसीसी कुनै पनि हालतमा कार्यान्वयन गर्न दिदैनौ(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी कुनै पनि हालतमा कार्यान्वयन गर्न नदिने उद्घोष गरेका छन। सो पार्टीद्वारा आज काठमाडौँमा आयोजित एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवसी ले सो उद्घोष गरेका हुन् ।
महासचिव विप्लव सीले एमसीसी कार्यान्वयन गर्ने नाटक नगर्न एमसीसीका मतियारलाई चुनौती दिदै भने – “यो कुनै पनि हालतमा कार्यान्वयन गर्न दिने छैनौ । एमसीसी भनेको नेपालको दलाल संसदहरुले पारीत गरेपनि नेपाली जनताले भने पारित गरेका छैनन् ।”
उनले आगामी १३ गते दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन सबैलाई आह्वानसमेत गरेका छन् ।
।
महासचिव विप्लव सीले एमसीसी परियोजना नेपालका लागि सैन्य मोर्चा भएकाले त्यस विरुद्ध नेपाललाई माया गर्नेहरुको सड्कबाट नयाँ मोर्चा बनाउनु पर्ने पनि बताए । उनले एमसीसी भनेको आर्थिक सहयोग, उद्धार र विकासको प्रोजेक्ट नभई यो अमेरिकी साम्राज्यवादको नेपाल विरुद्धको सैन्य मोर्चा भएको ठोकुवा गरे ।

महासचिव विप्लव सीले नेपालमा अमेरिका ५५ करोड दिन नभएर नेपालको सबै चिज लुट्न आउन खोजेको दाबी गर्दै भने- “भूमण्डलीकृत साम्राज्यवादी नीति अनुसार नेपाललाई कब्जा गर्न एमसीसी आएको छ । यो सम्झौता विरुद्ध नेपाली सेना उठनु पर्छ । देशभक्त, क्रान्तिकारीहरु उठ्नुपर्छ । विदेशीको अनुदानको लोभमा सेनाले बन्दुक चलाउनु हुँदैन ।”
महासचिव विप्लव सीले ले देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै भएको भन्दै अझै पनि एमसीसी कार्यान्वयन गर्न सजिलो नभएको बताए । उनले नेपाल गौतमवुद्धको शातिपूर्ण देशमात्र नभएको भन्दै यो देश साम्राज्यवादी डाँकाहरुलाई तरवारले काट्ने देशको इतिहास भएको पनि बताए ।
महासचिव विप्लव सीले एमसीसी भनेको नेपाली जनताको शत्रु भएकाले नेपालमा यस विरुद्ध प्रतिवाद हुने चेतावनी दिदै एमसीसी परियोजना नेपालबाट फिर्ता गर्न अमेरिकालाई आग्रह गर्दै भने – “सहयोग गर्ने भए अमेरिकालाई पुन सम्झौता गर्न तयार होउ । तर नेपालको हितमा फेरी गरिहोस् । मुस्ताड रसुवादेखि पाल्पासम्म व्यारेक राख्न अमेरिकाले खोजेको छ । यो कुनै पनि हालतमा त्यो हुन सक्दैन । यो सम्झौता कार्यन्वयन गर्न सकिदैन ”
महासचिव विप्लव सीले एमसीसी विरुद्ध सडकमा निस्कनुपर्ने बताउदै यो देश गोला जातिको अधिनायकत्वको देश नभएको र त्यसलाई स्वीकार गर्न नसकिने चेतावनी दिए । उनले देशलाई जिम्मा लिन आफ्नो पार्टी तयार भएको उद्घोष गर्दै साम्राज्यवाद विरुद्ध जस्तो सुकै अवस्थामा भिड्न तयार भएको र त्यसमा सबैलाई साथ दिन आग्रहसमेत गरे ।