एमसीसी सम्झौता कार्यान्वयन नगरौ (भिडियोसहित)

२०८० भाद्र १२ गते, मंगलवार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी सम्झौता कार्यान्वयन नगर्न अपिल गरेका छन। समाजवादी मोर्चा, नेपालले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले राष्ट्र र जनताका विरुद्ध आउने कुनै वैदेशिक परियोजना स्वीकार्न नसक्ने भन्दै उक्त विषयमा संर्घष गर्ने बताए । उनले एमसीसी सम्झौता कार्यन्वयन नगर्न अपिल समेत गरे ।
महासचिव विप्लव सीले समाजवादी मोर्चाप्रति चौतर्फी घेराबन्दी भएको उल्लेख गर्दै मोर्चा अझै शक्तिशाली बन्दै जाने बताउदै एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा देशीविदेशी प्रतिक्रियावादी चलखेलले कमजोर बनाउने खेल सफल नहुने ठोकुवा गरे ।


महासचिव विप्लव सीले लहैलहै र मान्छेका मनोगत चाहनाले मात्रै मोर्चा गठन नभएको बताउदै नेपालमा नयाँ खाले ध्रुवीकरण जरुरी रहेको बताए । उनले गणतन्त्रमा केही राजनीतिक उपलब्धीहरु हासिल भएपनि सामाजिक र आर्थिक रुपमा जनताको जीवनमा परिवर्तन नभएको उल्लेख गर्दै वैज्ञानिक समाजवादमा मात्रै सबै समस्या हल हुने बताए । उनले समाजवादी आन्दोलनलाई पूरा गर्नका लागि समाजवादी मोर्चा थप बलियो र व्यवस्थित बनाउने समेत बताए ।

महासचिव विप्लव सी ले विगतको माओवादी आन्दोलनलाई अपराधी र हत्याराको रुपमा चित्रण गर्न खोजिएको उल्लेख गर्दै यसको डटेर प्रतिवाद गर्ने चेतावनी समेत दिए । उनले देशभित्र रहेका र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै ती सबै कुरालाई समाजवादी मोर्चाले परास्त गर्ने ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु