चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग : भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।
ति पार्टीले एमसीसी खारेजीको माग गर्दै भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाण्डांै उपत्यकामा माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन।
