एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्छ(भिडियोसहित )

२०८० भाद्र १३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजको माग गर्दै काठमाडौँमा आयोजना गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले एमसीसी नेपाली जनताले अनुमोदन नगरेको बताउदै एमसीसी नेपालको बिकासको लागि नभई बिनासको लागि भित्रिएको ठोकुवा गरे ।

महासचिव विप्लव सीले आगोको झिल्कालाई सानो भनेर हेपियो भने यसले डढेलोको रुप लिने भन्दै एमसीसी कार्यान्वयन गर्ने चेष्टा नगर्न सबैलाई अपिल गरे । उनले भने – ‘जनताको तागत कस्तो हुन्छ भनेर कांग्रेसले बुझे हुन्छ, एमालेले बुझे हुन्छ । २०४९/५० सालमा जनताको झिल्कोलाई अवमूल्यन गर्दा २०५२ साल जन्मियो । अहिले एमसीसी कार्यान्वयन गर्न खोजे फेरी २०५२ साल जन्मन सक्छ ।’
महासचिव विप्लव सीले एमसीसी नेपाली जनताले अनुमोदन नगरेको बताउदै भने – ‘नेपालको संसदमा देशको रक्षा गर्नका लागि जनताले पठाएका हुन् । तर जनताका प्रतिनिधि देश बेच्ने सम्झौता गर्न थाले । यो संसदप्रति हाम्रो समर्थन त छैन, तर जनताका प्रतिनिधि भएपछि उनीहरुले जनताको पक्षमा काम गर्नुपर्ने हो ।’


महासचिव विप्लव सीले नेपाली जनताको प्रतिनिधि जिउँदा नभएको भन्दै देशको पक्षमा, राष्ट्रको पक्षमा उभिएका व्यक्तिले आफू जिवित भएको प्रमाणित गर्नुपर्ने बेला भएको बताए ।
उक्त बिरोध सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चन, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमसंकर गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]