साम्राज्यवादी हस्तक्षेप कदापी स्वीकार्न सकिदैन (भिडियोसहित )
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादी हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्वीकार गर्न सकिने बताउदै एमसीसीकाे नाममा अमेरिकाले सैन्य मोर्चा खडा गर्न चाहेकोले नेपाल कुनै पनि सैन्य मोर्चामा जान नसक्ने बताएका छन । समाजवादी मोर्चाले बिहीबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले भने,–‘अरु कुरामा हामी चार दलबीच फरक मत हुन सक्छ । क्रान्तिद्वारा प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व र देशलाई युक्रेन बनाउन चाहने तत्वहरु, कहिले पनि कसैको अधिनमा नरहेको नेपाललाई उपनिवेशन बनाउन चाहने साम्राज्यवादी तत्वहरुविरुद्ध हामी लड्छौं, एक ढिक्का छौं ।’
महासचिव विप्लव सीले नेपालमा संसदीय व्यवस्था रहेसम्म शान्ति, स्थिरता र समृद्धि सम्भव नरहेको बताए । उनले अहिलेको सरकार प्रगतिशील रहेको भन्दै सुशासनका पक्षमा डटेर लाग्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । उनले आफूहरु भ्रष्टाचार निर्मूल पार्न सडकबाट साथ दिन तयार रहेको समेत बताए ।