युवा संगठन नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको सातौं पूर्ण बैठक केन्द्रिय पार्टी कार्यालय कपिलवस्तुमा सुरु भएको छ । सो पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा भइरहेको बैठकमा अतिथिहरु संगठनका फ्याक्सन इन्चार्ज शिलु सी, असल सी, सुशील सी, अजय सी लगायत रहेका छन् ।
युवा संगठन नेपालका अध्यक्ष पाटन सीको अध्यक्षतामा चलिरहेको बैठकमा संगठनका ब्युरो इन्चार्जहरुले रिपोर्टिङ गरिरहेका छन् । एमसीसी कार्यान्वयन हुन नदिन युवाहरू व्यापक परिचालन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गर्दै बैठक भाेलि सकिने बताइएको छ ।