कम्युनिष्ट पार्टीहरु बीचको एकताको आवश्यकता र सान्दर्भिकता

२०८० भाद्र २१ गते, बिहीबार

असल सी

२००६ सालमा जन्मिएको नेपाल कम्युनिस्ट पार्टी एउटै थियो । आज ७४ बर्षको इतिहाँसमा  आइपुग्दा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु बनेका छन । एउटै मुहानवाट बिभाजित हुँदै गर्दा संसदीय ब्यवस्था प्रयोग गरिरहेका वा आफुलाई क्रान्तिकारी शक्ति भन्न रुचाउने संसदिय ब्यवस्था बिरोधी गरेर दर्जनौ कम्यनिष्ट घटकहरु नेपाली माटोमा क्रियाशिल छन । कुनै न कुनै रुपमा सबै कम्युनिष्टहरुको सानोतिनो जनमत पनि छ।   यति भन्न सकिन्छ कि कसैको ठुलो होला कसैको सानो । बिभिन्न समयमा नेपालको सत्ता तथा सरकार संचालनमा पनि संसदवादी कम्युनिष्टहरुले आफुलाई  उभ्याउदै आएका छन । संसदमा होउन वा संसद बाहिर नेपाली जनताले अन्य पार्टीहरु भन्दा कम्युनिष्टहरुलाइ नै मन पराउदछन । नेपालको माटोमा जनमतको रुपमा कम्युनिस्टहरुकै बर्चश्व छ भन्दा पनि हुन्छ । दर्जनौ कम्युनिस्ट पार्टीहरु हुँदा समेत जनमत कम्युनिस्टहरु कै हावी छ । किन यति धेरै कम्यनिष्ट पार्टीहरु बन्न पुगे त ?  लक्ष्य  उद्धेश्य  सबैको उस्त उस्तै छ, नेपाली जनताको मुक्ति स्वतन्त्रता र समाजवाद हुदै साम्यवादमा पुग्ने । कम्युनिष्ट भनेको साम्यवादी समानताका पक्षधर वा जनताको मुक्तिको लागी सधै लडिरहने शक्ति वा ब्यक्ति  हो । सधै समानता न्याय र स्वतन्त्रताको निम्ति लड्ने शक्ति किन यति धेरै बिभाजन गुट उपगुट र समुहहरु बनाएर चलिरहेका छन त भन्ने प्रश्न पैदा हुने गर्दछ । आफै भित्र मिल्न नसक्ने शक्तिले कसरी राज्य सत्ताको बागडोर सम्हाल्न सक्छ ? नेपाली कम्युनिस्ट आन्दोलनका तमाम प्रश्नहरुको जवाफ नयाँ पुस्ताका नेताहरुले दिनै पर्ने भएको छ । दक्षिणपन्थि पुंजीवादी शक्ति आफ्नै पार्टीभित्र अन्तरविरोध लडाई हुँदा हुँदै  पनि एउटै पार्टी भित्र बसेका हुन्छन , बिभाजन हुदैनन । कम्युनिष्टहरु भने आफू  नै क्रान्तिकारी वा सच्चा कम्युनिष्ट भएको भन्दै बिभाजनका रेखाहरु कोर्ने गर्दछन । बिगत केही समय यता नेपाली कम्युनिष्ट आनदोलनभित्र  एकता धु्रबिकरण र मोर्चाबन्दीको प्रयत्न भएको छ , यसलाइ कम्युनिष्ट आखावाट हेर्दा महत्वपूर्ण र स्वागत योग्य कुरा हो । बिभिन्न समुहमा बिभाजित कम्युनिष्ट आन्दोलनलाइ नयाँ गति प्रदान गर्न अर्थात नेपालको दलाल संसदिय पुंजीवादी सत्तालाई  परास्त गरी कम्युनिष्ट समाजवादको निमार्ण गर्न नेपालको कम्युनिष्ट आन्दोलनलाई  सच्चा कम्युनिष्ट लिडरले एकताबद्ध गर्ने प्रयत्न गर्नै पर्दछ । सानै स्केलमा भए पनि ध्रुबिकरण र मोर्चाबन्दीको कदम शुरु भएको छ,  यो महत्वपूर्ण कुरा हो र क्रान्तिकारी कदम हो । यसलाई बृहत्  कम्युनिष्ट एकताको रुपमा बिकास गर्न सकेमा मुर्झाउदै गएको नेपालको कम्युनिष्ट आन्दोलन फेरी हराभरा हुने संभावनाहरु प्रवल  छन । 

कम्युनिष्ट बिभाजनका कारणहरु

नेपालमा कम्युनिष्ट आन्दोलन बिभाजन हुन त्यति ठुला कारणहरु चाहिएनन । मन नलागेका ब्यक्ति वा शक्तिलाई  संसोधनवादी वा संसदवादी आफु सर्बाधिक क्रान्तिकारीको मपाईत्वले नै बिभाजन भएको आजसम्मका कयौ घटनाक्रमहरुले पुष्टि गर्दै आएका छन । बिगत लामो समय कम्युनिष्टहरु कम्युनिष्टका बिरुद्ध लडेका छन ।   बाहिर पुंजीवादी शक्तिलाई  एकछत्र राज्यमा हाली मुहाली गर्न दिने भित्र भने एकले अर्काका बिरुद्ध आपसमा तुच्छ गालीगलौज र अपमानित्  ढङ्गले लडने यसको समग्र फाइदा पुंजीवादीहरुले उठाउने र जनतामा कमजोर उपस्थिति भएका पुंजीवादीहरुले सत्तामा हालीमुली गर्ने स्थिति आजसम्मको नेपालको स्थिति हो । बहुसंख्यक जनमत कम्युनिष्टहरुको हुँदा  पनि कम्युनिष्टहरुले कहिल्यै पनि समग्र सत्ता संचालन गर्न पाएनन, यसको मुल कारण कम्युनिष्ट आन्दोलन बिभाजनको दुस्चक्रवाट निस्कन नसक्नु नै हो । उसो भए बिभाजन केको आधारमा आधारित  छ त ? बिभाजनका धेरै कारणहरु मध्य केही कारणहरुको चर्चा यहाँ गर्नु सान्दर्भिक  नै हुन्छ । माथी पनि हामीले केही चर्चाहरु गरेका छौ कि, बिभाजनको मुलकारण हामीभित्रको कमजोर बैचारीक धरातल नै हो । कम्युनिष्टहरु बिचारधारात्मक रुपमा कम्यनिष्ट बन्न नसक्नु र कम्युनिष्ट सिद्धान्तलाई  आफ्नै जिवन ब्यवहारमा प्रयोग नगरी सिद्धान्त भनेको उपदेश दिने हो।   आफुले प्रयोग गर्न अनिवार्य छैन भन्ने जस्ता कमजोर मानसिकताले कम्युनिष्ट आन्दोलनलाइ बिभाजित र खण्डित गर्दै गरेको अवस्था हो । अर्को कारण साम्राज्यवादी पूजिंवादीहरु कम्युनिष्ट सिद्धान्त तथा सत्ताका बिरोधि हुन उनिहरु कम्युनिष्ट झण्डा नै रुचाउदैनन । नेपाल यस्तो देश हो जहाँका जनताले सबै भन्दा बढि कम्युनिष्ट रुचाउदछन त्यो कुरा पूजिंवादी सामा्रज्यवादीहरुलाई मन पर्ने कुरा होइन।   परिणामतः नेपालका कम्युनिष्ट नेताहरुलाइ किनेर वा प्रयोग गरेर भए पनि कम्युनिष्ट आन्दोलनलाई  बिभक्त्त गर्नु र जनमतको ध्यान बिकेन्द्रत गरी आफ्नो स्वार्थ अनुकुलको सत्ता संचालन गर्नु उनिहरुको उदस्य नै हो।   नेपाली कम्युनिष्ट नेताहरु वा पार्टीहरु जान वा अन्जान रुपमा बिगत देखि  त्यसको सिकार बन्दै आएका छन । अर्को तेश्रो महत्वपूर्ण कुरा के हो भने माक्र्सवादलाई  जड वस्तुको रुपमा बुझ्नु अर्थात माक्र्सवाद एक बिज्ञान हो भने बिज्ञानको समय अनुकुल बिकास हुन्छ र त्यहि बिकसित सिद्धान्तले मात्र आजको दुनियामा बिजय प्राप्त गर्न सकिन्छ भन्ने नबुझ्ने रुढिवादी कम्युनिष्टका कारण पनि नेपाली कम्युनिष्ट आन्दोलन बिभिन्न समयमा बिभक्त्त हुदै आएको छ ।  कमजोर बैचारीक र सैद्धान्तिक  स्तर, पुंजीवादी साम्राज्यवादीहरुको सिकार र रुढिवादी संक्रिण मनोदशा साथै नयाँ गर्ने भन्दै संसदवादी सत्ताका मतियार बन्ने नेपाली कम्युनिष्ट आन्दोलनको आज सम्मको इतिहाँस नै बनेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोह र दिर्घकालीन जनयुद्ध नेपाली समाजलाइ रुपान्तरण गर्न तथा नेपालको सामन्तवादी सत्तालाइ परास्त गर्न महत्वपूर्ण भूमिका निवार्ह गरेका आन्दोलनहरु हुन ।  तर ति नेताहरुसमेत ति आन्दोलन र बलिदानहरुका आदर्शमा टिक्न सकेनन् कि त पुंजीवादका गोटी बने कि आफैमा आन्दोलनको बिकास गर्न नसक्दा आफैमा बिगठित भए।   परिणामतः नेपाली कम्युनिष्ट आन्दोलनले गति प्राप्त गर्न सकेन । आज क्षतबिक्षत्  अवस्थामा रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई पछिल्लो  पुस्ताको इमान्दार र क्रान्तिकारी छबिका जनताका नेताका रुपमा स्थापित  बिप्लव सीको नेतृत्वले पहलकदमी लिदै गर्दा क्रान्तिकारी युवा पंक्ति र नेपालको कम्युनिष्ट आन्दोलनमा आशाका किरणहरु सल्वलाउन थालेका छन ।

के एकता संभव छ ?

माथी उल्लेखीत बिषयहरुको आधारमा बिभाजित र बिखण्डित कम्युनिष्ट आन्दोलन अहिले नै कुनै नेता वा पार्टीले चाहदैमा एकतावद्ध हुन संभव छ ? आजको सर्वाधिक महत्वको प्रश्न हो । हामी युवा क्रान्तिकारीहरुले यसको जवाफ दिनु पर्दछ, त्यो संभव छ, संभव तुल्याउनु पर्दछ । सम्पुर्ण नेपाली कम्युनिष्ट आन्दोलनलाई  एकताबद्ध गर्नु पर्दछ ।  नेपाली जनतालाई  समाजवाद हुँदै  साम्यवादको महान यात्रामा अगाडी बढाउनु पर्दछ । आज नेपाली कम्युनिष्ट आन्दोलनका बिरुद्ध जसरी साम्राज्यवाद एकहोरो बनेर नेपालको कम्युनिष्ट जनमतलाइ बिखण्डित गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनलाइ बिर्सजित गर्ने र छिमेकी समाजवादी देशमाथी घेरावन्दी गर्ने ठुलै तानावुना बुनेर एमसिसि र एसपिपि जस्ता संझौताको माध्यमवाट नेपाल प्रबेश गरेको छ साथै बिभिन्न रुप र रङका नेपाली दलालहरु पनि खडा गरेको छ । यो जटिल अवस्थालाई चिर्न र नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य बचाइराख्न पनि नेपाली कम्युनिष्टहरुको एकता अनिवार्य बन्दै गएको छ । यदी हामी कम्युनिष्टहरुको लक्ष उद्देश्य  एउटै हो, हाम्रो साझा दुश्मनको रुपमा साम्राज्यवाद र दलाल  पुंजीवाद हो र त्यो सम्वन्धि हाम्रो निश्कर्ष एउटै हो । सच्चाई  हामीले यो समाजलाई बदल्न चाहन्छौ र हामी कम्युनिष्ट हौ भने हामीले एकताबद्ध हुनु अनिवार्य छ । बिभाजनदेखि बिभाजनसम्मको हाम्रो बिगतलाई एकताको रुपमा बदल्न, हाम्रो क्रान्तिकारी इतिहाँसलाई  बचाइराख्न वा समाज परिवर्तनको महान अभिवारा पुरा गर्न पनि एकताबद्व हुन अनिवार्य महत्वको बिषय नै हो । कम्युनिष्टहरु फुटन मात्र जानेका छन, फुट नै यिनिहरुको बिगत बर्तमान र भविष्य हो जसरी प्रचारीत भएको छ ।  अव फुटको सस्कृतिलाई एकता परिवर्तन र समाज रुपान्तरणको सस्कृतीमा बदल्नु आज हाम्रो कर्तब्य दायित्व अर्थात भूमिका हो भन्ने बनाउनु पर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनको करिव छ दर्जन बर्षहरु फुट, बिभाजन र एक अर्कामा हुने आरोप प्रत्यारोप र आलोचनात्मक चेतभन्दा माथी उठन सकेको थिएन र छैन।   अर्काको आलोचना गर्ने र आफुलाई  उच्च ओहदाको क्रान्तिकारी कम्युनिष्ट भएको वा रहेको जवरजस्त प्रमाणीत गर्नेमा नै दिनहरु बितेका छन । जसले  गर्दा कम्युनिष्ट आन्दोलन रचनात्मक भन्दा बढि ध्वांसात्मक, रुपान्तरण भन्दा बढि आलोचनात्मक, एकताबद्ध भन्दा बढि बिभाजनकारी बन्दै गएको छ, परिणाममा आउदा सुन्य जस्तो देखिने हाम्रो बिगतलाई  हामीले बदल्न सकेनौ भने कम्युनिष्ट भविस्य मात्र होइन  नेपाल र नेपाली जनताको भविस्य नै सुन्दर देखिदैन । नेपालको हरेक परिवर्तनहरुमा निर्णायक र महत्वपूर्ण योगदान गरेको नेपालको कम्युनिष्ट शक्ति आफैमा बिभाजनको पिडामा छटपटाउने स्थितिमा रहेको छ ।   न सत्ता संचालन गर्न पाएको छ , न एकतालाइ बचाउन सकेको छ ।  बरु साम्राज्यवादको चक्रमा घुमी रिहने र पुंजीवादको पुच्छर बन्दै गएको छ । साम्राज्यवादी पुंजीवादी घेराभित्र  नै घुमिरहेको कम्युनिष्ट मनोबिज्ञानलाई  समाजवादी घेरामा तान्न र रुपान्तरीत एककाइसौ सताब्दीको कम्युनिष्ट पार्टी नेता कार्यकर्ता र जनमत तयार गर्न सबै कम्युनिष्टहरुलाइ एकताको सुत्रमा बाँध्न जरुरी छ । टुटफुट र आलोचनावादी चेत भन्दा माथी उठेर हेर्दा एकता संभव मात्र होइन  अनिवार्य छ ।

एकताको आधार के ?

कम्युनिष्ट पार्टीहरु भन्नुको अर्थ बिचारधारात्मक पार्टी हुनु हो । बिचार सिद्धान्त मिल्नु नै पार्टी मिल्नु पनि हो । बिचारधारात्मक रुपमा माक्र्सवाद लेनीनवाद र माओवादमा धेरै समस्याहरु देखिदैनन् । सिद्धान्ततः सबै कम्युनिष्टहरु समाजवाद र साम्यवादका पक्षधर नै छन तथा मालेमाको सिद्धान्तहरुलाई  अगिंकार नै गर्ने गरेका छन । तर एउटा महत्वपूर्ण अन्तर त्यसलाइ प्राप्त गर्ने वाटोमा छ । समाजवाद र साम्यवाद कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा कम्युनिष्टहरु बीचको मत भिन्नतालाई  मिलाउन सकेमा वा एकरुपता कायम गर्न सकेमा एकता जटिल बिषय बन्दैन । समाजवादी क्रान्ति सम्पन्न गर्न हिंसात्मक वा बिद्रोहत्मक तरिकाले मात्र सकिन्छ त्यो पनि जानेमानेका मोडलहरु मात्र प्रयोग गर्नु पर्दछ मालेमाका सिद्धान्तवाट फिटिक्क दायाँवायाँ गर्न मिल्दैन भन्ने जडसुत्रिय सिद्धान्त र नयाँ गर्ने भन्दै संसदवादको आहालमा फस्ने र निस्कनै नसक्ने संसदवादी वाटो यि दुवै वाटाहरु आजसम्म हेर्दा असफलसिद्ध वाटाहरु हुन । आज नेपाली क्रान्तिमा देखीएका संसदवाद र जडसुत्रवाद यि दुइ समस्याहरुको हल एक्काइसौ सताब्दीमा उभिएको चेतनामा आधारीत पार्टी, नेतृत्व र बिचारले मात्र दिन सक्दछ । क्रान्ति र परिवर्तनको कुरा गफ गर्ने र आफ्नो राजनितिक अस्तित्व रक्षाको निम्ती मात्र गर्ने कुरा हैन अथवा कसैलाइ देखाउन क्रान्तिकारी कम्युनिस्ट बन्ने कुरा पनि होइन।

 कम्युनिस्टको साइनो समाज परिवर्तनसंग हुन जरुरी हुन्छ । समाज परिवर्तनको दिशा पकडेका सबै कम्युनिस्ट शक्ति एक हुनु स्वभाविक कुरा हो । बिचार, सिद्धान्त, नेतृत्व र समाजपरिवर्तनको अग्रनी भूमिकालाई  एकताको आधारको रुपमा लिन जरुरी हुन्छ ।

हामीले धेरै पटक भन्ने गरेका छौ नेपालमा बढदो कम्युनिस्ट आन्दोलनको प्रभावलाई  पुंजीवादी साम्राज्यवादी शक्तिहरु रुचाउदैनन् । कम्युनिस्ट आन्दोलन नेपाल लगायत बिश्वभर बढदै गरेको प्रभावलाई  रोक्नु साम्राज्यवादी पुंजीवादीहरुको अन्तिम कोसिस भैरहन्छ । कम्युनिस्टहरुलाई  फुटाउनु, नेताहरुलाई  खरिद गर्नु, पार्टीहरुभित्र  बिखण्डन पैदा गर्नु, कम्युनिस्ट जनमतलाई भ्रमित गर्न प्रोपगाण्डा गर्नु, जातीय, क्षेत्रिय र धार्मिक बिखण्डनहरु ल्याउनु जस्ता चालहरु साम्राज्यवादीहरुले चलाइरहने गर्दछन । आज ठयाक्कै त्यहि स्थिती नेपालमा पनि पैदा भएको छ । आजसम्म मिलेर बसेको नेपाली समाजमा जातिय क्षेत्रिय र धार्मिक बिखण्डनका तानाबुनाहरु बुनिरहेको देखिन्छ भने नेपाली सार्बभौम सत्ता र स्वाधिनतामाथी साम्राज्यवादी कालो बादल मडारीरहेको महसुस आम सचेत नेपाली नागरीकमा हुन थालेको छ । यो खेल नेपालको कम्युनिस्ट जनमतलाई भडकाउने र कम्युनिस्टहरुमाथी निर्मम दमन गरेर सिध्याउने साम्राज्यवादी कुत्सित चाल चलीरहेको प्रस्ट हुदै गएको छ । कम्युनिस्टहरु साम्राज्यवाद बिरोधि र रास्ट्रप्रेमी पनि हुन रास्ट्र बचाउनु कम्युनिस्टहरुको दायित्व हो, त्यसकारण पनि कम्युनिस्टहरुको एकता वा मोर्चाबन्दि अनिवार्य सर्त बन्न पुगेको छ । नेपालको रास्ट्रिय स्वाधिनता र नेपाली जनताको सुन्दर भविस्य निमार्ण कम्युनिस्टहरुको हातमा छ त्यो कम्युनिस्टहरुको एकतामा मात्र संभव छ । यो दोश्रो आधार हो ।

तेश्रो कुरा,  आज नेपाली जनता  कुशासन अन्याय आत्याचारको सिकार बनिरहेका छन । धनि दिन प्रतिदिन धनि बन्दै गैरहेको छ भने गरीब झन पछि झन गरिव  बन्दै गएको छ । देश बैदेशिक रेमिटयमन्सको भरमा चल्नु परेको छ, देशमा युवा पंक्ति बस्न सक्ने अवस्था छैन । रोजगारी र सुशासन करिव सुन्य झै छ । भ्रष्टाचार तस्करी र दलालीका कारण मानव शक्ति नै आक्रान्त बन्दै गएको छ , यसको मुलकारण नेपालको राजनितिक ब्यवस्था सही  नहुनु नै हो । यो अवस्थामा यो ब्यवस्थाप्रति जनता र राजनितिक पार्टीका नेताहरु कोहि पनि सन्तुस्ट देखिदैनन् । नेपालमा चेलेको दलाल संसदिय ब्यवस्था नै खराव ब्यवस्था हो भन्नेमा सबैको साझा बुझाइ हो र हामी अगाडी बढने हो भन्ने कम्युनिस्ट नेताहरुको बुझाइ हुने हो भने एकता अनिवार्य कुरा हो ।  बिकल्प नै नभए यहि ब्यवस्थालाई  सुधार गर्न हुन्थ्यो होला नै तर संसदिय पुंजीवादी ब्यवस्थाभन्दा अग्रगामी ब्यवस्था बैकल्पीक ब्यवस्था हुँदा  हुँदै  यहि ब्यवस्थामा झुण्डिरहनु कम्युनिस्ट हुनु होइन  । सामाजीक रुपान्तरण र जनताको अग्रामी चाहनालाई पुरा गर्न हामी जुनसुकै रुपमा चाहेर होस या नचाहेर भए पनि समाजवादमा जानै पर्दछ । कम्युनिस्टहरु सबै समाजवादका पक्षधर नै हुन त्यसकारण समाजवादी राज्य ब्यवस्था निर्माण गर्ने उदस्यका साथ एकताबद्ध हुन अनिवार्य छ ।

अन्त्यमा ,

समाजवादी लक्ष सहित एकता र धु्रबिकरणलाई  केन्द्रमा राखेर भर्खर मात्र नेपाली कम्युनिस्ट आन्दोलनमा समाजवादी मोर्चा निमार्णको नयाँ प्रयोग शुरु भएको छ।   यसले बिरक्तिएर बसेको आशा बिहिन शक्तिमा नयाँ रक्तसंचारको काम गरेको छ । यसलाई  हामीले सफल बनाउन नै पर्ने छ । क्रान्तिको नौलो कार्यभार पुरा गर्न असफल सिद्ध संसदिय ब्यवस्थालाई परास्त गरी नेपाल र नेपाली जनताको चाहाना अनुरुपको समाजवादी ब्यवस्था निमार्ण गर्नु समाजवादी मोर्चाको मुख्य लक्ष हो, सो मोर्चामा नेपालका सबै कम्युनिष्ट वामपन्थिहरुलाई केन्द्रित गर्नु पर्दछ र बिचार सिद्धान्त मिल्नेहरु संग एकता र धु्रविकरण गर्दै अगाडी बढनु पर्दछ । कम्युनिष्ट कम्युनिस्टहरुका दुश्मन  होइनन  यदी पार्टी एकता संभव भएन भने पनि मैत्रिपूर्ण संवन्ध बनाई  राख्नु पर्दछ । बिगतमा जसरी कम्युनिस्टहरुका बिरुद्ध कम्युनिस्टहरुलाई  नै लडाएर, फुटाएर संसदीय पूजिंवादीहरुले फाइदा लिन पुगे आजका कम्युनिस्टहरुले तितो बिगतलाई  अन्त्य गरीदिनु पर्दछ । कम्युनिस्टहरुको चेतना २१ सौं शताब्दीको स्तरमा उठाउदै एकताको बहसलाई क्रान्तिका नयाँ आधारमा उठाउने र सोही  चेतनाबाट कम्युनिस्ट एकतालाई  सान्दर्भिक बनाउने गरी सोच्न जरुरी छ ।  आजको ऐतिहाँसिक आवश्यकता भनेको बिभाजित रुपमा रहेका नेपालका सबै कम्युनिस्टहरुलाई एकताबद्ध गर्नु क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्नु, सुन्दर शाान्त र सभ्य समाजको निमार्ण गर्नु हो । जसले नेपालका कम्युनिस्ट प्रेमी जनतालाई खुसी दिन सकोस, जसले  सबैखाले पुंजीवादी र साम्राज्यवादी चगुंलवाट नेपाललाई मुक्त गरी स्वाधिन, सुन्दर, सभ्य र समाजवादी देशको रुपमा विकास गर्न सकोस । आज जसरी नेपाली कम्युनिस्टहरुको एकताको आवश्यकताको बोध भएको छ, समाजवाद निमार्णको लक्षले यसलाई अझ धेरै सान्दर्भिक तुल्याउने छ ।  

प्रतिक्रियाहरु

[anycomment]