‘एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेकपानुवाकोटद्वारा शुक्रबार आयोजित राष्ट्रघाती एमसीसी खारेजी बिषयक सरोकारवालाहरुसंग्को अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावानी दिएका हुन्।
नेता सुशील सी ले कार्यक्रममा राष्ट्रघाती MCC परियोजना नेपाली जनताको हितमा नभएको, अमेरिकाले MCC परियोजनामार्फत नेपाललाई नयाँ खालको उपनिवेश बनाउन खोजिरहेकाे ठोकुवा गर्दै MCC ले देशलाई कसरी पराधिन बनाउँछ र देशलाई कसरी अस्थिर बनाउँछ भन्ने विषयमा बुँदागतरुपमा व्याख्या गरेका थिए ।
उक्त कार्यक्रममा नेकपाका PBM तथा पश्चिम् ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सीले कार्यपत्र वाचन गरेका थिए भने कार्यक्रममा बाेल्ने वक्ताहरूले राष्ट्रघाती MCC देश र जनताको हितमा नरहेको र MCC खारेजी अभियानमा एक्येवद्द्ता रहने प्रतिबद्धता जाहेर गरेका थिए ।
उनिहरुले राष्ट्रघाती MCC परियोजना नेपालको हित विपरित लागूगर्ने चेस्टा गरे देशको राष्ट्रिय स्वाधीनता चाहने, राष्ट्रलाई माया गर्ने सम्पूर्ण देशभक्तहरु एकजुट भएर संघर्षमा उत्रिने बताएका थिए ।
कार्यक्रममा वामपन्थी बुद्धजीवि बिष्णु खड्का, नेकपाका केन्द्रिय सदस्य जिवन्त सी, नेकपाका केन्द्रिय सदस्य तथा रसुवा जिल्ला इन्चाज सागर सी, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राजु थापा, नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य नारायण नेपाल, नेकपा एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य यम कुमार खाती ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रदेश सदस्य अर्जुनलाल श्रेष्ठ ,राप्रपा पार्टी जिल्ला सचिव महेश डङ्गोल,नेपाल समाजवादी जिल्ला अध्यक्ष भगवान राना मगर, नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा रसुवा जिल्ला सेक्रेटरी शंकर सी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला संयोजक रोजि सीलगायत अतिथि थिए ।
उक्त कार्यक्रमको सभाअध्यक्षता ग्रहण गर्दै नेकपाका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सीले देशमा MCC लागु गर्न नदिने भन्दै यसको विरुद्ध आन्दोलन गर्न आवश्यक रहेको बताए ।