महासचिव विप्लव सीको ‘जनताको काखैमा’ सार्वजनिक (भिडियोसहित )
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वरिष्ठ गीतकार विप्लव सीद्धारा लिखित गीत ’जनताको काखैमा’ चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट २०८० भदौ २३ साँझ ५ बजे सार्वजनिक भएको छ । राजनीतिक कार्यसँगै विप्लव सी गीत लेखनमा पनि उक्तिकै सक्रिय र अब्वल छन् । यसभन्दा गघिपनि विप्लव सीका ’कस्ले बनायो दाजै उडिजाने बस’, ’सपनाका याात्रीहरु सपना जोगाउनु पर्छ’, ’भोग्नलाई त सुख अनेकौ छन’ जस्ता दजर्नौ गीतहरु लोकप्रीय र चर्चित छन् । राज्यद्धारा पार्टीमाथि प्रतिवन्घ लगाईसके पछि विप्लवले जनताको विचमा बसेर अर्को सुन्दर रचना सृजना गरेका छन् ।
जनताको काखैमा बसेर
जनताकै मायामा हुर्केर
जोगायौ आस्थाको ज्योतिलाई
बल्दैछ उज्यालो छरेर
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वरिष्ठ गीतकार विप्लव सी ले जनताको असीम मायाँहरु सङ्गालेका छन। उनले जनताकै प्रिय काखहरुमै बसेर राज्यको प्रतिवन्घलाई निस्काम बनाएका हुन । राज्यले २ महिनामै गिरफ्तार गरेर कठघरामा लिने उद्धघोष गरेका विप्लव सी ले जनताकै बीचमा बसेर राज्यको दमनको प्रतिकारमात्र गरेनन् सुन्दर रचनाहरुको सृजनाहरु समेत गरे । उनले आस्थाका ज्योतिहरुलाई बचाउन र क्रान्तिप्रति जनतालाई विस्वास दिलाउनदृढ संकल्प सहित भने
’बल्दैछ उज्यालो छरेर’ ।
हुरिमा परियो रमाईयो, झरिले चुट्यो पचाईयो
विपक्ती आयो सहियो, रगत बग्यो खपियो
सकेन आमा सकेन, सकेन बाबा सकेन
चट्टनझै हाम्रो विस्वास, गोलिले ढाल्न सकेन
सकेन दिदी सकेन, सकेन भाई सकेन
हिमाल झै हाम्रो आस्थालाई आगोले गाल्न सकेन
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वरिष्ठ गीतकार विप्लव सी ले अनेकौ सङ्कटहरु पर्दा, अनेकौ हुरी हुन्डरीहरु आँउदा, कैयौ झरीहरुमा पर्दा, कैयौ विपक्तीहरुको सामना गर्दा, कैयौ आलो रगतहरु बग्दा, उनले देशका आमाहरु र वुवाहरुलाई अपील गरेका छन् । चट्टानजस्तो क्रान्तिप्रतिको विस्वासलाई न त गोलिले ढाल्न सक्ने र न त हिमाल जस्तो आस्थालाई आगोका लप्काहरुले गाल्नसक्ने कुरालाई गीतकार विप्लव सी ले गीतका शव्दहरुमार्फत ब्यक्त गरेका छन ।
आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु जेलमा पर्दा पनि नझुकेर आएको कुरा बताउदै, कैयौ यातनाहरु पाउदाँसमेत नचुकेको कुरा गीतमार्फत प्रस्ट पारिएको छ । भोकभोकै पर्दा र कैयौ घरबासहरुमाथि राज्यले उठिबास लाउदा पनि एकीकृत जनक्रान्तिप्रति नरुकेको र यो देशका दाई र भाईहरुलाई दुनिया फेर्ने सपनाहरु र क्रान्तिको दियोलाई निभ्न नदिन अपील गरेका छन् । गीतकार विप्लव सी ले संसार हसाउने आफ्नो सपना र प्रतिवद्धताहरुलाई दोहोराउदै ‘क्रान्तिको दियो निभ्दैन’ लाई गीतका शव्दहरुमा सुन्दर ढंगले चित्रण गरेका छन् ।
जेलैमा परियो झुकेनौ, यातना पायौ चुकेनौ
भोकभोकै पर्यौ गलेनौ, घरबास उठे रुकेनौ
निभ्दैन दाई निभ्दैन, निभ्दैन भाई निभ्दैन
दुनिया फेर्ने समना, क्रान्तिको दियो निभ्दैन
निभ्दैन साथि निभ्दैन, निभ्दैन सङ्गी निभ्दैन
संसार हसाउने सपना, टुट्दैन कहिल्यै टुट्दैन
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वरिष्ठ गीतकार विप्लव सी ले प्रतिवन्धको वीचमा पार्टीको ऐतिहाँसिक सातौ बैठकका दौरान २ वटा गीतमा सङ्गीत भर्न दिनु भएको थियो । प्रतिवन्धका कारणले गीत रेकर्डगर्न सजिलो थिएन, त्यसैले ३ बुँदे सहमतिपछि यो गीतको रेकर्डिङ गर्नेकार्य सम्पन्न भएको कुरा यस गीतका सङ्गीतकार चिरन सीले बताउँछन् । उनले गीत सार्वजनिक हुन विविध कारणले गर्दा ढिला भएको भन्दै अहिले फिमेल भर्सन आयो अव छिट्टै मेल भर्सनको गित पनि सार्वजनिक हुन्छ ।
सङ्गीतकार चिरन सीले भन्छन – ‘ सवै समयमा राम्रो शव्दहरु भेटिदैन वा बन्दैन, निश्चित समय र बेलाहरुमा निकै सुन्दर गीतका शव्दहरु फेला पर्दछन् । यो गीत पनि बरिष्ठ गीतकार विप्लव सीले लेख्नु भएको उत्कृष्ट गीतमध्येको एक हो, यस्ता गीतहरुमा सङ्गीत गर्न पनि चुनौतिपूर्ण हुने गर्छ। ‘
सङ्गीतकार चिरन सीले गीतलाई लोक फ्लेवरमा सङ्गीत दिएको र सङ्गीत पनि राम्रो बनाउने कोशिस गरेको र गीतमा एरेन्ज, गायकी र रेकडिङ तथा मिक्सिङहरु पनि राम्रो भएको बताए ।
चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट सार्वजनिक भएको यस गीतमा वरिष्ठ गीतकार विप्लव सीको शव्द, जनवादी गीतकार, सङ्गीतकार तथा गायक चिरन सीको सङ्गीत र चर्चित जनवादी गायीका प्रगति महरा र केशरी घर्तिमगर ’एलिना’ को फिमेल भर्सनमा आवाज रहेको छ । गीतको एरेन्ज नारायण दङ्गालको रहेको छ भने रेकर्डिङ गोपाल दयाल र मिक्सिङ मास्टरिङ प्रेमदीप राम्जालीको रहेको छ । गीतको रेकर्डिङको कार्य म्युजिक प्लस रेकर्डिङ स्टुडियो सामाखुसीमा भएको छ । लिरिकल भिडियोको रुपमा आएको यस गीतले जनवादी प्रगतिशल गीत सङ्गीतमा एउठा ईटा थप्नेकार्य गरेको सङ्गीत पर्यव्यक्षकहरु बताउछन् ।