एमसीसीविरुद्ध मार्चपास हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असाेज १ गतेदेखि सुरू गर्ने भनिएकाे ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ असाेज ४ गतेबाट सुरू हुने जनाएको छ । सो पार्टीका अनुसार असाेज १ गतेबाट सुरू गर्ने भनिएकाे अभियान साे दिन हिन्दु धार्मिक समुदायका जनताकाे तीज पर्व भएकाले ४ गतेबाट सुरू हुने भएकाे हाे। नेकपाले पात्रो नहेरी हतारमा निर्णय गर्नुपर्दा भएकाे असावधानीकाे लागि क्षमायाचनासहित तयारीमा जुट्न पार्टी पङ्क्ती र जनसमुदायलाई आग्रहसमेत गरेको छ ।
असोज ४ गते देखि १५ गते सम्म एमसीसी विरुद्ध हुने मार्चपास अभियानमा पार्टीको केन्द्रीय जनकलाकार सामाना साँस्कृति परिवारका साथ पिविएम चिरन सी र माईला लामाले नेतृत्व गर्ने नेकपाले जनाएको छ ।
काठमाडौको लप्सीफेदीवाट सुरु हुने अभियानको उद्घाटनको नेतृत्व स्थायी समिति सदस्य उमा सी शिलुले गर्नेछन । यस्तै नुवाकोटमा सुरु हुने अभियानको उद्घाटन स्थायी समिति सदस्य अनिल विरही सीले गर्नेछन । कार्यक्रमभर अभियानको नेतृत्व स्थायी समिति सदस्य शुशिल सी र आरोही सीले गर्नेछन ।
नेकपाको एमसीसी विरुद्ध पहिलो चरणको संघर्षको कार्यक्रम सकिए लगत्तै दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा हुने बताइएको छ ।