शिक्षा विधेयकमा हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दालाई सम्बोधन गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा नेपाल सरकारले हालै‘विद्यालय शिक्षा विधेयक – २०८०’ को मस्यौदा संसद सचिवालयमा दर्ता गराएपछि सरोकारवाला निकायहरुले गरेको विरोध र नेपाल शिक्षक महासंघ, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायतका संघ–संगठनहरुले घोषणा गरेको संघर्षको कार्यक्रमप्रति पार्टीको ध्यान गम्भीररुपमा आकर्षित भएको उल्लेख गर्दै सरकारले शिक्षा विधेयक ल्याउदा सरोकारवाला पक्षहरुले विरोध गर्नु पर्ने र संघर्षमा उत्रिनु पर्ने अवस्थाको पार्टी घोर निन्दा एवं भर्त्सना गरिएको छ।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘(१) नेपाल सरकारले हालै‘विद्यालय शिक्षा विधेयक – २०८०’ को मस्यौदा संसद सचिवालयमा दर्ता गराएपछि सरोकारवाला निकायहरुले गरेको विरोध र नेपाल शिक्षक महासंघ, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायतका संघ–संगठनहरुले घोषणा गरेको संघर्षको कार्यक्रमप्रति हाम्रो पार्टीको ध्यान गम्भीररुपमा आकर्षित भएको छ । सरकारले शिक्षा विधेयक ल्याउदा सरोकारवाला पक्षहरुले विरोध गर्नु पर्ने र संघर्षमा उत्रिनु पर्ने अवस्थाको पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ ।
२ं) शैक्षिक सवाल नेपाली जनताको आधारभूत आवश्यकता र नेपाली विद्यार्थीहरुको मौलिक हकको सवाल हो । कुनै पनि जनपक्षीय राज्य र सरकारले आफ्नो दायित्व भित्र ल्याएर विद्यार्थीहरुलाई सर्वसुलभ, निशुल्क र वैज्ञानिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नुपर्छ । बडो विडम्बना, आफ्नै संविधानको धज्जी उडाएर नेपाली विद्यार्थीको मौलिक हकको संवैधानिक प्रावधानका विरुद्ध दलाल पुँजीवादीहरुको शिक्षालाई निजीकरण गर्ने र अकुत मुनाफा सोहोर्ने व्यापारीकरणलाई परिलक्षित गरि ल्याइएको ‘विद्यालय शिक्षा विधेयक –२०८०’ विरुद्ध नेपाल शिक्षक महासंघ, विद्यार्थी संगठन र सराकारवालाहरुले उठाएको न्यायपूर्ण आवाज र घोषणा गरेको संघर्षको कार्यक्रम प्रति हाम्रो पार्टी ऐक्यबद्धता जाहेर गर्दछ र दृढ समर्थन गर्दछ ।
३) अब बन्ने शिक्षा नीति र विधेयकप्रति आम नेपाली विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक व्यवसायी र नेपाली जनताको चासो र अधिकार रहन्छ । हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ । ‘
