नेकपाका महासचिव विप्लव सी लाई चिनियाँ जनताद्वारा बहुमूल्य उपहार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लाई विश्व क्रान्तिका नायक एवं चिनियाँ क्रान्तिका महान् नेता माओ जन्मेको हुनान प्रान्तको शाओशान वस्तीका जनताले जनस्तरबाट बहुमूल्य उपहार पठाएका छन् ।
भर्खरै चिनियाँ भ्रमणबाट नेपाल फर्केका चीनसम्वन्धी विशेषज्ञ दिनेश खनालमार्फत जनस्तरबाट चिनियाँ जनताले माओको स्ट्याचुसँगै माओको रेड बुकसहित किताब र माओको लोगो रहेको एक दर्जन कपहरु समेत पठाएका हुन् । विशेषज्ञ खनालले सो उपहार चिनियाँ जनताको जनस्तरबाट पठाइएको भन्दै उनले महासचिव विप्लव सीलाई हस्तान्तरण गरेका हुन् ।
खनालका अनुसार नेपालमा माओको क्रान्तिकारी विचारलाई सही ढंगले कार्यान्वयन गर्ने नेताको रुपमा नेकपा महासचिव विप्लव सी मात्र रहेको भन्दै चीनस्थित शाओसान वस्तीका चिनियाँ जनताले महासचिव विप्लव सीलाई सो उपहार पठाइदिएका हुन् ।
खनालले भने -”चिनियाँ जनता खासगरी माओको जन्मस्थल शाओशानका जनताले माओको स्ट्याचु उपहार कमरेड महासचिवलाई प्रदान गरिदिनु भनेर पठाएका हुन्, मैले आज कमरेड विप्लवलाई सो उपहार नासोको रुपमा हस्तान्तरण गरिदिए ।”
नेपालका चिनियाँ कम्युनिस्ट पार्टीले वास्तविक कम्युनिस्ट नेताको खोजि गरिरहेको भन्दै २० वर्ष चीन बसेर नेपालमा चीनसम्वन्धी विशेषज्ञता हासिल गरेका खनालले चीनबाट नेपाल भ्रमण आउने सयौं चिनियाँहरुलाई नेपालको बारेमा जानकारी दिने गर्दछन् ।

सन् १९४९ मा माओले जापानी साम्राज्यवाद र च्यांक काईसेकको सामन्तवादलाई मिल्काएर क्रान्ति सम्पन्न गरेका थिए । त्यही स्तुप जनताले माओलाई अहिलेपनि औधी श्रद्धा गर्छन् ।
खनालले चीनको सियामन विश्वविद्यालयमा अध्ययन सकेर २० वर्षजति भाषा विज्ञता समेत हासिल गरेका उनले फरर चिनियाँ भाषा बोल्दछन् र लेख्छन् । चिनियाँहरुलाई नेपालमा आउँदा चिनियाँ भाषाबाट हरेक पाटापक्षमा उल्था गरेर जानकारी प्रदान गर्ने गर्दछन् ।
चीन विशेषज्ञ दिनेश खनाल पनि नेपालमा अबको देश चलाउने सक्ने एकमात्र नेता नेकपा महासचिव विप्लव सी रहेको दाबी गर्दै भने-
खनालले भने -”महासचिव विप्लवज्युमा देशको नेतृत्व गर्न सक्ने सबैं प्रकारको क्षमता छ, त्यही भएर मैले उहाँलाई पटक पटक भेट गरेको छ। उहाँ साँच्चिकै अबको देश चलाउने सक्ने नेता हो, हामी सबैले हरतरहले सहयोग गर्नुपर्छ र नेतृत्वलाई सक्षम बनाउनु पर्दछ ।”
चिनियाँहरु पनि नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लव सीलाई अब एकपटक देशको नेतृत्व गर्नसक्ने नेताको रुपमा हेर्न चाहेको बताउने गरेको खनालको भनाई रहेको छ ।