खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपुर्ण कडी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाईराख्ने महत्वपुर्ण कडी भएको बताएका छन्। सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपुर्ण कसी भएकोले यसलाई निरन्तरता दिदै देश,समाज र राष्ट्रको एकताको कसिलाई टुट्न नदिन यस्तो आयोजनाहरुलाई निरन्तरता दिइरहनु पर्ने बताए।
महासचिव विप्लव सी ले नेकपाका तत्कालिन पोलिटब्युरो सदस्य बिरजंग सीको स्मृती गर्दै भने- ‘उहाको खेलकुद लगाएत विभिन्न क्षेत्रको अनुभव भएपनि कतैपनी क्षेत्रमा नलागी देश, जनता र राष्ट्रको हितमा काम गर्न निस्वार्थ रुपमा निरन्तर राजनीतिमै रहेर योगदान गर्दागर्दै हामीबाट बिदा हुनुभयो, उहालगायत सम्पूर्ण बिशिष्ठ व्यक्तिव र सहिदहरुको स्मृतीमा यस्ता विभिन्न खेलकुदहरुको आयोजना गर्दै आएका छौ।’
उनले इजरायलको पछिल्लो घटनालाई लक्षित गर्दै भने – ‘नेपालको राजनीति प्रणालीमा अस्थिरता, अनिश्चयता बढिरहेकाले नेपालका युवा नौजवानाहरु विदेशीको भट्टीमा गुलाम हुन जानुपर्ने बाद्यता सिर्जना भएको छ त्यसैको फलस्वरुप बिदेशी भूमिमा दिनानुदिन नेपालीहरुले अकाल मृत्युवरण गरिराख्नु परिरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो इजरायल घटना । नेपालको राज्यसत्ताले युवाहरुलाई स्वदेशमा अवसर र रोजगारीको वातावरण सिर्जना नगरिदिएको कारण अवसरको खोजीमा त्यहा पुगेका नेपालीहरुको चित्कार सरकारको नेतृत्व कर्ताले सुन्नु पर्ने र घाइते तथा प्यालेस्टाइनको आक्रमणका कारण बन्दक तथा ज्यान गुमाएकाहरुको उद्दारका लागी छिटोभन्दा छिटो पहलकदमी लिएर पिडित नेपालीहरुलाई स्वदेश फिर्ता गर्नु पर्छ ।’
उनले अगाडी भने – , ‘हामीले उद्धारका लागी प्रचण्ड नेतृत्वको सरकारलाई उद्धारका लागी दवाव दिन विभिन्न दवाव मुलक प्रदर्शन पनि गरिरहेका छौ।’