नेकपाका महासचिव विप्लव सीद्वारा जिल्ला विपद् व्यवस्थापन समिति बझाङलाई सहयोग हस्तान्तरण
२०८० आश्विन २८ गते, आईतवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले जिल्ला विपद् व्यवस्थापन समिति बझाङमार्फत भुकम्प पिडितलाई सहयोग गरेका छन। महासचिव विप्लव सी ले आज जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीमार्फत् बझाङका भुकम्प पिडितलाई सहयोग गरेका हुन् ।
महासचिव विप्लव सी जिल्ला प्रशासन कार्यालय बझाङ पुगेर भुकम्प पिडितको सहयोगार्थ एक सय थान कम्बल र एक लाख रुपैया सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्।
यसैगरी , महासचिव विप्लव सी ले भुकम्पवाट ज्यान गुमाएकी गुनमती धामीको छोरा करण धामीलाई दश हजार रुपैया नगद सहयोग गरेका थिए ।