समाजवादी सत्ता ल्याउन समाजवादी मोर्चा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महसचिव विप्लव सीले समाजवादी सत्ता ल्याउन समाजवादी मोर्चा बनेको ठोकुवा गरेका छन। सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको प्रदेश स्तरिय सन्देश सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।
महसचिव विप्लव सीले तीन करोड नेपाली जनताको भविष्य सुनिश्चित गर्न समाजवादी मोर्चा बनेको बताउदै ले नेपालमा दलाल पुँजीपतिवर्गले नेपालको सत्ता कब्जा गरेको भन्दै त्यो सत्ता भत्काएर नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनुको विकल्प नभएको ठोकुवा गरे ।
उनले दलाल पुँजीवाद नेपाली जनताको मुख्य दुश्मन भएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवाद नल्याउदासम्म नेपालको समस्या समाधान नहुने ठोकुवा गरे ।
महसचिव विप्लव सीले नेपालको जिम्मा अब माओवादी, कम्युनिष्ट र समाजवादीहरुले लिनुपर्ने बेला आएको बताउदै भने – “देश र जनतालाई दु:ख परेको छ । समाजवादी मोर्चाले देशको समस्यालाई काँध थाप्छ । जनतालाई निरास हुन दिन्न । सचेत दृष्टिकोणसहित यो मोर्चा बनेको छ ।”
महसचिव विप्लव सीले क्रान्तिकारी र कम्युनिष्टहरुका विरुद्ध विभिन्न भ्रम फैलाएर केही प्रतिगामी शक्तिहरुले सामन्तवादलाई फर्काउन खोज्ने हकर्त गरेको भन्दै त्यो सम्भव नहुने ठोकुवा गर्दै भने – “सामन्तवादलाई धुलो चटाएर नेपालमा गणतन्त्र आएको छ । कुनै पनि बहानामा नेपालमा सामन्तवाद फर्किन सक्दैन । नेपाली जनताले समाजवाद र साम्यवाद चाहेका छन् । जनताको नेतृत्वमा राज्यसत्ता चाहिन्छ । यो परिवर्तन ल्याउन सहिद, बेपत्ता, घाईते लगायत सबैको बलिदान छ ।”
महसचिव विप्लव सीले जसले क्रान्तिको नेतृत्व गर्यो उसैलाई दण्डित दिने अवस्था नेपालमा आउन खोजेको भन्दै त्यसको उचित जवाफ समाजवादी मोर्चाले दिने बताउदै भने – “क्रान्तिकारी माथि हमला केन्द्रीत छ । जनताका असन्तुष्टि सामन्तवादतिर फर्केर हल हुदैन कि समाजबाट मात्र हल हुन्छ । नेपालमा अब समाजवाद चाहिन्छ । त्यो ल्याउन समाजवादी सत्ता बनाउन समाजवादी मोर्चा बनेको हो ।”
महासचिव विप्लवले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा रहेको भन्दै नेपाल माथि एकातिर अमेरिकीले सैन्य अखडा राख्ने दाउ राखेको र अर्कोतिर भारतीय साम्राज्यवादले पनि कालापानीमा आफ्नो हस्तक्षेपकारी रवैया देखाएको टिप्पणी गरे ।
उनले समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न अगाडि बढ्ने प्रतिबद्धता जनाउदै तीन करोड नेपाली जनताको भविष्य समाजवादी मोर्चाले मात्र बनाउने बताए ।
यसैगरी , सोही संदेश सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति भएको बताउदै भने -‘विप्लव जीले नयाँ गरिरहनु भएको छ, हामी एउटै मोर्चाबाट आएकाले एकीकृत जनक्रान्ति हामी सबैको हो ।’
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको गठनले तरङग फैलाएको बताउदै विश्वभरका नेपालीहरुमा मोर्चाप्रति विश्वास जागेको बताए ।
समाजवादी मोर्चाको बहस सुरु भएको बताउदै उनले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै समाजवादी मोर्चाको कार्यभार पूरा गर्नु पर्ने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतान्त्रिक नभएको बताउदै एमाले कम्युनिष्ट नभएको बताए ।
प्रधानमन्त्री प्रचण्डले देशलाई नयाँ भुमरीमा हाल्ने षड्यन्त्र भइरहेको खुलासा गर्दै सबै सचे हुन जरुरी भएको बताए । उनले चार पार्टीको एकतालाई दरो बनाउदै समाजवादको यात्रा तय गर्नु पर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार सदन र सडकबाट आन्दोलन गर्न आवश्यक भएको उल्लेख गर्दै समाजवादी मोर्चाको सन्देश सभा टेलर मात्र भएको बताए । यो टेलर मात्र हो पिक्चर अझै बाँकी छ प्रधानमन्त्री प्रचण्डले भने – “समिक्षा गरेर अघि बढ्न जरुरी छ । समाजवादी आन्दोलनलाई अगाडि बढाउन कम्युनिष्टहरुको एउटै पार्टी आवश्यक छ ।”
प्रधानमन्त्री प्रचण्डले इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको अन्य देश भन्दा पहिले नेपाल सरकारले उद्धार गरेको बताए ।
उनले चाडै शवहरुलाई पनि नेपाल ल्याईने तयारी भइरहेको जानकारी गराए । परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्न मोर्चाको भूमिका रहने बताउदै सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएर सुशासनको पक्षमा काम गरेको प्रधानमन्त्री दाहालले बताए ।
उनले ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा मुछिएका दोषी कारवाहीको भागीदार भएको बताए । उनले अरु फायलहरू पनि छिट्टै खुल्ने जानकारी गराए ।
यसैगरी , सोही संदेश सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी माेर्चा बनेपछि देशमा तरङ्गित भएको दाबी गरेका छन् । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको बताउदै भने –
‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,’ समाजवादी मोर्चाले धनगढीमा गरेको कार्यक्रममा नेपालले भने, ‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’
उनले आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने बताए । अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कम्युनिस्ट भएको दाबी गर्दै भने- ‘उपेन्द्रजी पनि खाँटी कम्युनिस्ट हो, यो देशका पुरानो कम्युनिस्ट नै हुन् ’
यसैगरी , सोही संदेश सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार,सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने बताए । उनले समाजवादमा नपुग्दै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको टिप्पणी गरे ।विभिन्न कारणले अहिलेको उपलब्धि गुम्ने खतरामा पुगेको र नेपालमा जातीय द्वन्द्व फैलाउने विभिन्न षड्यन्त्र भएको बताउदै सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने खेल भइरहेको बताए ।सरकार, सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने र कानुन बनाएर संघीय गणतन्त्रलाई संस्थागत गर्नु पर्ने यादवले बताए ।प्रदेश सरकार जिम्मेवारीविहीन जस्तो भएको बताउदै यादवले परिवर्तनबाट आएका उपलब्धिहरुलाई संस्थागत गर्न र जनतालाई परिवर्तनको अनुभूति गराउन समाजवादी मोर्चा गठन गरिएको बताए ।उनले रेशम चौधरीलाई रिहा गर्दापनि थारु नागरिकहरूको समस्या हल नभएको बताउदै सुकुम्वासीहरूका समस्या,कमैयाका समस्या हल नभएको बताए । किसानका समस्या हल भएका छैनन्,गरिबी र बेरोजगारी बढ्दो अवस्थामा छ, व्यवस्था बदलियो तर, अवस्था बदलिएको छैन । अब हामीले जनताको अवस्था बदल्नुपर्छ । समाजवादी मोर्चा त्यसैका लागी स्थापना गरिएको हो यादवले भने ।