नेकपाका महासचिव विप्लव सीद्वारा जनकम्युनको अवलोकन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले कैलालीको घोडाघोडीस्थित जनकम्युनको अवलोकन गरेका छन। आज बिहान महासचिव विप्लव सी ले कैलालीको घोडाघोडी रसिपुर ९ मा रहेको जनकम्युनको अवलोकन गरेका हुन्। उक्त अवसरमा महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी सेती ब्यूरोले लगाएको ४ बिघा धान खेतीको अवलोकन गरेका थिए ।


यसैबीच, जनकम्युन अवलोकन गर्न पुगेका महासचिव विप्लव सी लाई स्थानीय सी युवा क्लवले स्वागत गरेको थियो। उक्त स्वागत कार्यक्रम सी युवा क्लवका अध्यक्ष्य अशान्त चौधरीलगायतका युवाले महासचिव विप्लव सी लाई भब्य स्वागत गरेका थिए ।

