युवा संगठन नेपालद्वारा नेकपालाई साउण्ड सिस्टम र रोस्टम हस्तान्तरण

काठमाडौँ । युवा संगठन नेपालले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयलाई साउण्ड सिस्टम र रोस्टम हस्तान्तरण गरेको छ । सो संगठनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीमार्फत ति सामाग्री नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेको हो।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा आज आयोजित साउण्ड सिस्टम र रोस्टम कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले युवा संगठन नेपाललाई सधै देश र जनताको सेवामा लाग्न निर्देशन दिएका थिए ।