नेकपाका महासचिव विप्लव सी श्रममा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी श्रममा व्यस्त भएका छन । महासचिव विप्लव सी सोमबार नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा लगाएको अढाई विगाह जग्गाको धान काट्न सोमबार दिनभर व्यस्त भए भने उनले आईतवार पनि श्रमको कार्यमा व्यस्त हुदै लसुन लगाउने काम गरेको बताइएको छ । केन्द्रीय कार्यालयका एक नेताले भने ‘अरु दशैमा टिका जमरा लगाउछन,हाम्रो महासचिवले धान काट्ने र लसुन लगाउने गर्नु हुन्छ ।’ उनले नेपालका अरु नेता र विप्लव नितान्तै फरक भएको पनि बताए ।
नेपालका अरु राजनीतिक दलका नेताहरु दशैं आयो भन्दै घरपरिवारमा संगै भएर रमाईलो गरी बसिरहेका बेला नेकपाका महासचिव विप्लव सी भने कृषि क्रान्तिको नेतृत्व गर्दै श्रममा व्यस्त भएका छन । सोमबार दिनभर पार्टी कार्यकर्तासंग महासचिव विप्लव सी ले धान काट्ने काम गरेका थिए । उनले नेपालमा एकीकृत जनक्रान्तिसंग उत्पादनको कृषि क्रान्ति पनि जोडनु पर्ने तर्क गर्दै आएका छन । उनले उत्पादन नगर्ने कुनै पनि पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने वताउदै आएका छन । उनले कम्युनिष्ट भएपछि पार्टीका सबै नेता कार्यकर्ताहरु श्रममा अनिवार्य जोडिनु पर्ने वताउदै आएका छन ।
जसअनुसार नेकपाले केन्द्रीय उत्पादन टिमनै बनाएर कपिलवस्तु,चितवन,बर्दिया दाङलगायतका जिल्लाहरुमा उत्पादनको कार्य गरिरहेको छ । नेकपाले देशका सबै व्यूरो स्तर र जिल्ला स्तरबाट पनि कृषि उत्पादन अन्तरगत यो बर्ष सयौ विगाह जमिनमा धानखेती गरेको छ ।