नेकपाका महासचिव विप्लव सी लसुन लगाउन व्यस्त

२०८० कार्तिक ८ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले विजया दशमीको दिन टिका नलगाई लसुन लगाएका छन । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लव सी ले पार्टीको उत्पादनको नीतिलाई कार्यान्वय गर्दै केन्द्रीय कार्यालय टिमसंगै खेतमा लसुन लगाएका हुन । महासचिव विप्लव सी सहितको केन्द्रीय कार्यालय टिमले करिब एक कट्ठा बढी जग्गामा लसुन लगाएका हो ।
महासचिव विप्लव सी ले दशैं सामन्तवादी व्यवस्थाको श्रमजीवी जनता माथिको शोषणको संस्कृतिमा टिका लगाउनुको कुनै अर्थ नहुने भन्दै बरु नयाँ सी संस्कृतिको विकास गर्नुपर्ने बताए । उनले जनताले आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिको लागि बेला –बेला गरेका क्रान्ति र बलिदानहरुलाई चाडपर्वको रुपमा स्थापित गर्नुपर्ने विचार राखे ।


टिकाको दिनमा प्रायःसबै पार्टीका उच्च तहका राजनीतिक दलका नेताहरु टिका जमरा लगाउनमा व्यस्त भएको बेला महासचिव विप्लव सी ले भने त्यसलाई महत्व दिएनन् । महासचिव विप्लव सी हाते ट्याक्टरसंगै खेतमा खेत जोत्दै रमाउदै लसुन लगाउनमा व्यक्त भए । उनले नेपालमा चलन चल्तीमा रहेका सबै संस्कृतिहरुलाई बदल्नु पर्ने विचार राख्ने गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु