नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच बिहिबार भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा देशको चरम संकट , डरलाग्दो निराशा र सामाजिक असुक्षा एबम् विकृतिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा भ्रष्टाचार , कमिशन , लुट र महंगीको बिगबिगीका साथै राष्ट्रका बिरुद्ध गम्भीर षड्यन्त्र र खतराका बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सी र अध्यक्ष नेपालबीच भएको उक्त भेटवार्तामा देशमा बैदेशिक शक्ति , दलाल र प्रतिगामी तत्वहरुको चलखेल बढ्दै गएको , राज्यका निकायमा भ्रष्टाचार र कमिशनको कहाली लाग्दो खेललगायत सरकारको कामको प्रभावकारीताको बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशलाई असफल करार गर्न धार्मिक, जातीय र सास्कृतिक दङ्गा मच्याउने दुष्प्रयास भै रहेको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सी र अध्यक्ष नेपालबीच भएको उक्त भेटवार्तामा समाजवादी मोर्चा नेपालको प्रदेश संदेश सभाको प्रभावका बारेमा छलफल हुनुका साथै मोर्चाको आगामी कार्यक्रम र देशको वर्तमान संकटको क्रान्तिकारी निकासको बिषयमा समेत छलफल भएको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच भएको उक्त भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) का महासचिब घनश्याम भुसाल र सचिब नगेन्द्र चौधरीको समेत सहभागिता रहेको थियो।