नेकपाका महासचिव विप्लव सी द्वारा भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन
२०८० कार्तिक १८ गते, शनिबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएका छन। आज बिहान नेकपाको कार्यलय बुद्धनगरमा आकस्मिक रुपमा बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमार्फत उनले सो निर्देशन दिएका हुन्। पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ भने एक सय ५५ जना घाइते भएका छन्। ।
हिजो राति गएको शक्तिशाली भुकम्पमा परी पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा ठुलो जनधनको क्षति समेत पुर्याएको छ ।