‘भूकम्प प्रभावितको उद्धारका लागी राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्छ’

२०८० कार्तिक १८ गते, शनिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट प्रभावितहरुको उद्धारका लागी राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्ने बताएका छन्। नेकपाको केन्द्रिय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाजरकोट र रुकुम पच्चिमका भुकम्प पिडितहरुका उद्धार तथा राहतका लागि प्रधानमन्त्री प्रचण्डको एक्लो दौडधुपले मात्र नहुने भन्दै भूकम्पबाट प्रभावितहरुको उद्धारका लागी राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्ने बताएका हुन् ।
शनिबार बिहान उपत्यकामा उपलब्ध स्थाई समिति सदस्य तथा केन्द्रिय सदस्यहरुको आकास्मिक बैठकबाट पारित भएको राहत तथा उद्धार कार्यक्रमलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपाका महासचिव विप्लवले आफ्नो पार्टीले भुकम्प पिडितको राहतका लागि महत्वपुर्ण निर्णय गरेको र उद्धारका लागि पार्टी भित्रका विभिन्न जनवर्गीय संगठनहरु तथा सिंगो पार्टीपंतिहरुलाई निर्देशन दिईसकेको र केही उद्धार टोली राहत र स्वास्थ्य सामाग्री लिएर प्रभावित क्षेत्रमा गैसकेको बताए।
राहत तथा उद्धारका लागी सरकारले संयुक्त मन्त्री परिषदको बैठक बसेर प्रभावित क्षेत्रमा सरकारी उद्धार टोली, स्वास्थ्यकर्मीको टोली र पीडितका लागी लत्ता कपडाका साथै खाद्यान्न छिटो भन्दा छिटो पुर्याउनु पर्नेमा ढिलासुस्ती गरेको टिप्पणी गरे । झट्ट हेर्दा सरकारको तदारुकता देखिने तर प्रधानमन्त्री एक्लै जस्तो हुने यो गलत छ, तत्काल राज्यस्तरबाट संयुक्त क्याभिनेटको निर्णय आउनु पर्ने उनको भनाइ थियो। राज्यले राहतका लागी राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्नेमा जोड दिएका थिए।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले भने, ‘आज बिहान बसेको हाम्रो पार्टीको आकस्मिक बैठकले हाम्रो पार्टीको आफ्नै उत्पादन गोदामबाट १ सय कट्टा चामल प्रत्यक्ष लगेर प्रभावित क्षेत्रमा वितरण गर्ने र रु एकलाख रुपैयाँ राज्यको राहत कोषमा जम्मा गर्ने, साथै देशका राजधानी लगायत सबै जिल्लाहरुबाट राहतका लागि लत्ता कपडा टेन्ट,औषधी र आर्थिक संकलन गर्ने निर्णय गरेको जानकारी दिए। उनले पार्टीले आफ्नै पनि राहत कोष बनाउने निर्णय भएको सम्मेलन मार्फत जानकारी गराए । आजै मात्र प्रवास जनप्रगतिशिल मोर्चा युरोपले १ लाख पठाउने घोषणा गरेको छ भने पूर्वी युरोप लगाएत भारत, र देशाभित्रका ब्यापारी समाजसेवीहरुबाट आर्थिक संकलन गर्ने निर्णय भएको छ।’ उक्त कोषमा संचित रकम प्रभावित क्षेत्रको राहतको लागी लगाउने छौ।’ उनले पत्रकारहरुको जिज्ञासालाई चिर्दै भने सरकारले जति गर्नुपर्ने हो त्यो भएको छैन जति भएको छ त्यसका लागि धन्यवाद दिनैपर्छ। प्रभावित क्षेत्रका सुरक्षा निकाय सिडियो, स्थानिय जनाप्रतिनिधीहरुसंग कुरा गर्दा उद्धारका लागी समस्या भएको गुनासो सुन्यौ त्यसका लागि पार्टीको तर्फबाट केन्द्रिय नेताहरुको नेतृत्वमा विभिन्न जिल्लाबाट स्वयंसेवक टोली लैजान निर्देशन गरिसकेका छौ, महासचिवले आफु स्वयम् पनि प्रभावित क्षेत्रमा गएर नेताकार्यकर्ताहरुसंगै राहत तथा उद्धारमा खटिने बताए।
पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाण्ड सीले पार्टीले घोषणा गरेको राहत तथा उद्धार क्तव्य पढेर सुनाएका थिए भने पत्रकार सम्मेलनमा नेकपाका स्थाई कमिटी सदस्य अनिल सी,शिलु सी,भरत सी,सुशिल सी लगाएतका केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु