नेकपाका महासचिव र प्रवक्ता झण्डै एक करोड बराबरको राहत सामग्री लिएर भुकम्प प्रभावित क्षेत्र प्रस्थान

२०८० कार्तिक २४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी झण्डै एक करोड बराबरको राहत सामग्री लिएर बिहिबार भुकम्प प्रभावित क्षेत्र जाजरकोट,रुकुम र सल्यान प्रस्थान गरेका छन् ।
नेकपा उपत्यका ब्युरो,पुर्वी ताम्सालिङ्,अखिल क्रान्तिकारी,गणतान्त्रिक खेलकुद महासंघ,अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी,नेकपा मकवानपुर,नेकपा चितवन,नेकपा रुपन्देही,नेकपा कपिलवस्तु, लगायतका पार्टी एवम् जवस मार्फत संकलन गरिएको राहत सामाग्री व्यवस्थापन गर्दै बिहीबार राति केन्द्रीय कार्यलय कपिलवस्तु शिवगढीमा पुगेका छन् । कपिलवस्तुमा पार्टीले उत्पादन गरेको थप चामल समेत महासचिव विप्लव सी ले संगै लिएर जानेछन् ।
यस्तै नेकपाले दाङ,कैलाली,कञ्चनपुर,सुर्खेत,दैलेख,बर्दिया लगायतको जिल्लामा संकलित राहत सामग्री समेत शुक्रबार अबेरसम्म प्रभावित क्षेत्रमा पुगेको छ ।
महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले शनिबार जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारीहरु,स्थानीय जनप्रतिनिधिहरु एवम् पार्टीका स्थानीय नेताहरूहरु संगको सल्लाह तथा परामर्श अनुसार जुन ठाउँमा राहत अति आवश्यक छ उक्त ठाउँमा राहत सामग्री पठाउने तथा दिने कार्यक्रम रहेको छ ।
राहतमा सामग्रीमा कम्मल,बल्याङकेट,डसना,त्रिपाल,लगाउने कपडाहरु जस्तै ज्याकेट,जुता,ट्रयाक लगायतका अन्य छन् भने खाद्यान्नमा चामल,तेल,नुन,चिउरा,बिस्कुट साथै केही औंसधी,भाडाकुटा लगायतका सामग्री छन् ।
महासचिव विप्लवले आफू संगै चिकित्सकको टिम सहित घाइतेको भेटघाट तथा मेडिकल सहजीकरण गर्ने कार्यक्रम समेत बनाएका छन् ।
महासचिव विप्लव र प्रकाण्डको टिम संगै बरिस्ठ चिकित्सक टीका कडेलको टिम समेत रहेको छ भने यश अगाडि नै घाइतेका उपचारका लागि डाक्टर प्रकाश सी,पिताम्बर सी,मान्यता सी,नक्षेत्र सी लगायतको टोली जाजरकोटमा बस्तीहरुमा निरन्तर खट्टिरहेको छ भने उद्वार तथा आधारभूत पुनर्निर्माणका लागि नेकपाले झण्डै डेढ सय नेता कार्यकर्ता नियमित परिचालन गरिरहेको छ । अभियान टिमले राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियता पुर्वक लागिरहेका छन् । जाजरकोटमा नेकपा केन्द्रीय सदस्य संगम सी र रुकुममा केन्द्रीय सदस्य सवीन सी लगायतका नेताहरू निरन्तर राहत वितरण,उद्वार र आधारभूत पुनर्निर्माणमा लागिरहेका छन् ।जाजरकोट र रुकुमको भुकम्प पिडितलाई राहत सामग्री र भेटघाट पछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सल्यानका भुकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]