नेकपाद्वारा भुकम्प पीडित कले विकलाई नवनिर्मित घर हस्तान्तरण

२०८० कार्तिक २७ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटस्थित नलगाडका भुकम्प पीडित एकल पुरुष कले विकलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले आइतबार विहान एक कार्यक्रमको बीच जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडका भुकम्प पीडित एकल पुरुष कले विकलाई पार्टीद्वारा निर्माण गरिएको नवनिर्मित हस्तान्तरण गरेका हुन् । जाजरकोटको गलगाड नगरपालिका भुकम्प प्रभावित पालिका समेत हो, जुन पालिकामा ५४ जनाले ज्यान गुमाएका छन् भने सयौं घर भत्किएका छन् । गत शनिबार सोही चिउरी बस्तीबाट पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले आइतबार स्थानीय जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, पार्टीका प्रतिनिधि र उपस्थिति नलगाडबासि जनसमुदायको बिच नवनिर्मित घर हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले भुकम्प पिडितका अफ्ट्यारोमा आफ्नो पार्टीसँगै रहेको बताए । उनले पार्टीको पुनर्निर्माण अभियानलाई जनताका समस्यासँग एकाकार गर्ने मुख्य उद्देश्य रहेको भन्दै अधिकतम जनताका अस्थायी आवास बनाउने उद्घोष समेत गरेका थिए ।


कार्यक्रममा गलगाड नगरपालिका वडा १ का वडा अध्यक्ष धन बहादुर विकले नेपाल कम्युनिस्ट पार्टीले गरेको उद्वार, उपचार तथा राहत साथै पुनर्निर्माणलाई धन्यवाद व्यक्त गरेका थिए । उनले भुकम्प गएको रातिदेखि नै नेकपाको पहल र सहयोगले हाम्रो नगरपालिकालाई धेरै सहयोग पुगेको बताउदै चिउरी बस्तीको सिङ्गो गाउँ अन्यत्र सार्न पहल गर्न समेत अनुरोध गरेका थिए ।
पार्टीका जाजरकोट जिल्ला इन्चार्ज विराजनको अध्यक्षता आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् व्युरो इन्चार्ज संगम, केन्द्रीय सदस्य हिमशिखर, दिनेश लगायतको उपस्थिति रहेको थियोे ।


यस्तै महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले पार्टीद्वारा संकलित राहत सामाग्री नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बल वीर र वडा नम्बर १ का वडा अध्यक्षलाई समेत छुट्टाछुट्टै प्रदान गर्दै राहत सामग्री वितरण र सहयोगमा कुनै पक्षपात नगर्न समेत ध्यानाकर्षण गराएका थिए ।- प्रकाश डुम्रे

प्रतिक्रियाहरु

[anycomment]