नेकपाद्वारा दार्माका भुकम्प प्रभावितलाई राहत हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी गए राति सल्यानको भुकम्प प्रभावित बस्ती दार्माको ढाकाडाम पुगेका छन । उनीहरु पार्टीले सञ्चालन गरेको राहत अभियान अन्तर्गतको सामग्री हस्तान्तरण गर्न म दार्मा पुगेका हुन् । उनीहरुले
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीलाई राहत हस्तान्तरण गर्दै जनताको समस्यामा स्थानीय पार्टी संग सहकार्य गरेर अगाडि बढ्न निर्देशन समेत दिए ।
दार्मा गाउँपालिका वडा ५ ढाकाडामको वडा कार्यलयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले जनताको अफ्ट्यारो सिङो देश एकजुट भएर लाग्न सबैलाई आग्रह गरे । उनले सरकार र सरोकारवाला निकायलाई यो बिपत्तिबाट माथि उठ्न सबै पक्ष एकजुट हुन अपिल समेत गरे ।
कार्यक्रममा नेकपाका पिविएम असल सीले सल्यानका भुकम्पपिडितलाई राज्यको प्रभावकारी भुमिका नखेलेको बताउदै राज्य विहिनता जस्तो बन्यो,यस्तो जटिलता समेत केन्द्रीय सरकार अनुपस्थित रहेको जिकिर गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले पार्टीको सहयोग र सहकार्यलाई आभार व्यक्त गर्दै सल्यानमा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् ब्युरो ईन्चार्ज सविन सी,केन्द्रीय सदस्य अडिग सी,दाङ जिल्ला ईन्चार्ज प्रदिप सी लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सेक्रेटरी मदन सीले गरेका थिए ।
नेकपाले सल्यानमा झण्डै १५ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ केन्द्रीय सदस्य सवीन सीले बताए । सल्यानको कार्यक्रम पछि महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी दाङमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । – प्रकाश डुम्रे