महासचिव विप्लव सीद्वारा सुकर्म बालकोषको सुरुवात

२०८० कार्तिक २९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सी संस्कृती अनुसार बालकोषको सुरुवात गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु शिवगढी ९ मा मंगलबार आयोजित कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ता रोसन सी र कमला सीका छोरा सुकर्म सी १ महिनाको जन्मोत्सवको अवसरमा कोष स्थापना गरिएको हो ।
महिना दिन पुगेको अवसरमा महासचिव विप्लव सीले वालकोष समारोहको शुरुवात गरेका हुन । कोषको उद्घाटन गर्दै महासचिव विप्लव सी ले सी संस्कृति अनुसार यस्ता खालको कोष स्थापनाले समाजलाई गतिशिल र रचनात्मक बनाउने बताए । उनले कोषको स्थापनाले बालबालिकाको भैपरी आउने समस्यामा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै यस्तो खालको संस्कृतिले मानवीय जीवन गतिशील बन्ने उल्लेख गरे । महासचिव विप्लव सी ले यस्ता खालको कोष र संस्कृतिले मानव समाज नमुना बन्दै जाने समेत बताए ।
उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सुशील सी, डा. प्रकाश सी लगायतको उपस्थिति रहेको थियोे। कार्यक्रमको अध्यक्षता नेकपाका पिविएम तथा केन्द्रीय कार्यालय सचिव बिजय सीले गरेका थिए भने भने संचालक. विमर्श सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]