प्रसङ्ग चाडपर्वको
चाडपर्वहरुको सन्दर्भ
भर्खरै २०८० सालको दशैं विदा भएको छ र तिहारको रमझम सुरु भएको छ । धेरैले भन्न्ने गर्छन् – दशैं आयो, गरिवलाई दशा लाएर गयो, अर्थात ऋण बोकाएर गयो । फेरी तिहारले पनि त्यसैमा थप्ने होला । हो चाडपर्वहरु आजभोली अलिबढी तडकभडक र खर्चिलो हुँदै गएका छन्, – पैसा हुनेलाई चाडपर्व, नहुनेलाई दर्द । यो यो गरिव जनताको आख्यान बनेको छ । चाडपर्व आम नागरिकलाई खुशियाली र रमाइलो दिने उत्सव हनु पर्छ ।
पुँजीवादी युगमा चाडपर्वहरुलाई पनि ब्यापार र मुनाफा, कमाउने साधन बनाइदैछ । नेपाल वहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएकोले यहाँ जाति र समुदाय अनुसारका आआफ्ना रीति–संस्कृति र चाडपर्वहरु छन् तर सबै नेपाली जनताले मान्ने सर्वमान्य एउटा राष्ट्रिय पर्व छैन । तुलनात्मक रुपले दशैं र तिहारलाई अलि धेरैले कुनै न कुनै रुपमा मनाउने गर्दछन् तर त्यसलाई पनि हिन्दुकरण गरिनाले यी पनि सर्वमान्य छैनन् ।
यहाँ धर्म र जाति अनुसारका पर्वहरु छन् । नेपालमा मनाइने हरेक पर्वहरुलाई धार्मिकीकरण र जातिकरण गरिएका छन् । यसले चाडपर्वहरुको बारेमा पनि अन्तरविरोध र विमतिहरु पैदा गरेको छ । यसले गर्दा नेपाली जनतामा चाडपर्वको हिसावले मनोवैज्ञानिक एकता कायम हुन सकेको छैन । देशमा राष्ट्रिय र मनोवैज्ञानिक एकता तथा सामाजिक सदभाव कायम गर्न सक्ने र समस्त देशबासीलाई एक ठाउँमा दो¥याउन सक्ने, देश, काल र परिस्थिति अनुसार समस्त जनताका मनोविज्ञान समेत्ने कुनै एउटा साझा चाड आवश्यक छ । किन कि चाडपर्व भनेको राष्ट्रिय एकताको प्रतीक पनि हो । यो आम मानिस वा नागरिकलाई आराम र, मनोरञ्जन दिने व्यवस्था हो । गास, बास, कपास, खाद्य सम्प्रभुता, शिक्षा, स्वास्थ्य, विजुली, यातायात, सञ्चार, मनोरञ्जन यी आजको जमानामा मानिसका अनिवार्य आवश्यकताभित्र पर्दछन् । चाडपर्वहरु मानिसको दैनिक जीवनपद्धति र उत्पादन सम्बन्धसंग जोडिएका सामाजिका मनोविज्ञान हुन् जुन विना मानिसको जीवन अधुरो, निरिह र उराठ लाग्दो हुन्छ । त्यसैले चाडपर्वहरु विश्वभरिका मानिसहरु सबैले आआफ्नै ढंगले मनाउदै आएको पाइन्छ । नेपालमा पनि विभिन्न जातीय समुदायहरुले आआफ्नो जातीय पर्वहरु मनाउदै आएका छन्, संगसंगै विरोध र विमर्श पनि गर्दै आएका छन् । यो मानवीय स्वभाव, विविध स्तरका मानवीय चेतना र सामाजिक जीवन प्रक्रियामा एकता र संघर्षको एउटा चलिरहने एउटा प्रक्रिया पनि हो ।
दशैं र तिहार पर्व बारे परंपरागत मान्यता
पौराणिक कथन अनुसार ‘दुर्गादेवीले नवौं दिनमा महिसासुरलाई मारेको दिनलाई नवमी र रामले रावणलाई मारेको दशौं दिनलाई दशमी’ भनेर उसवको रुपमा मानिदै आएको र यी दुई उत्सवलाई एउटैमा जोडेर ‘दशैं’ भन्ने कथन छ । यस्तै एक दानी बलि राजा बध गरिएको र यम पञ्चकका ५ दिन जोडेर तिहार पर्व मान्ने गरिएको पाइन्छ ।
दशैं र तिहारलाई हिन्दुहरु दुईटा तिथिमा मनाउने गर्दछन् । चैते दशैं र वडा दशैं । प्रायः चैत्र मासमा पर्ने चैते दशैंलाई त्यति धेरै महत्व दिइको पाइदैन तर वडा दशैं प्रायः असोजमा पर्ने भएकोले सवै हिसावले यसलाई अलि महत्व र तडकभडकका साथ मनाउने गर्दछन् । किन दुईटा दशैं मनाए होलान ? यसबारे थोरै चर्चा गरौं ।
यसलाई दुई कोणबाट विश्लेषण गर्न सकिन्छ –
पहिलो, कुनै पनि चाडपर्वको तिथि बर्षमा एक पटक मात्र पर्ने गर्दछ, दुईदुई पटक एकै बर्षमा एउटा चाड मनाइएको उदाहारण सायदै विश्वमा कहिँ पाइदैन । यसको पछाडि केही कारण र रहस्य अवश्य छ । नत्र अर्को तिथिमा पर्ने पर्वलाई अर्कै नामले पुकारिन्छ । एउटा कथन पनि के सुनिन्छ भने खासमा रामले रावणलाई मारेको तिथि चैते दशैंमा हो । यो कथन सहि हुनुपर्छ भन्नृ अनुमान किन गर्न सकिन्छ भने उक्त दिनलाई पर्व र उत्सवको रुपमा नाउन खोज्दा नेपाली जनको जीवनपद्धतिसंग मेल खाएन र आत्मसात गरेनन् किन कि चाडपर्व भनेको जनताको वा नागरिकको दैनिक जीवन पद्धति, उत्पादन सम्बन्ध, मौसमको अनुकुलता र जनमनोविज्ञानसंग मिल्नु पर्दछ र जनताले त्यसलाई आत्मैदेखि सकारेको हुनुपर्छ । त्यो मिलेन किन कि नेपालमा प्रचलित १२ मास मध्ये चैत्र महिनालाई सवभन्दा खराव र नराम्रो मासको रुपमा लिने गर्दछन् । यसको भौतिक कारण यो महिना लामो न लामो दिन, पट्यारिलो र उराठ लाग्दो, बढी आगलागी हुने, आँधी, हुरी–हुन्दरी चल्न, चट्याङ पर्ने र जनताको दैनिक जीवनमा अस्तव्यस्त र विल्लीवाठ उठाउने मौसम हुनाले यो मासलाई चाडपर्व मनाउने दिनको रुपमा आत्मैदेखि मान्दैनन । तर जनताले नसकारे पनि हिन्दुहरुले खास रामले रावणमाथ विजय हासिल गरेको दिन वा तिथि यसैमा पर्न आएकोले चैते दशैं मनाएको हुनु पर्छ । जनताको मनोविज्ञानसंग मिल्दो उपयुक्त तिथिको खोजी गरेको हुनुपर्छ ।
दोस्रा,े जव जनताले उक्त दिनलाई पर्व सकारेनन् तव जनताको मनोविज्ञानसंग जोडिएको महिना र उपयुक्त, अनुकुल मौसमको खोजी गरे । किन कि चाडपर्व भनेको अलिकति फुर्सदिलो समय, उपयुक्त मौसम, जनताले आपसमा खुशी सातासात गर्ने, मनोरञ्जन गर्ने, रमाइलो र खुशी मनाउने यामिक र मनोवैज्ञानिक थिति मिल्नुपर्छ । यो हिसावले नेपाली जनको सबै हिसावले सवभन्दा उपयुक्त मौसम र मन जित्ने मौसम र महिना शरद ऋतु र असोज महिना हुनाले दशैं पर्वलाई यता ल्याएर जोडेको हुनुपर्छ । किन कि जनताको मनोविज्ञानसंग नबिझेको चाडपर्वलाई जनताले मान्दैनन् र सकार्दैनन् । त्यसकारण नेपाली जनले कुनैनकुनै रुपमा मनाउँदै आएको टुक्रे संस्कार र परंपरागत चाडलाई अहिन्दुकरण गरी वडा दशैं नामले पुकारिएको हुनु पर्छ ।
नेपालको उसबेलादेखि आजसम्म पनि आकाशे खेतीमा भर पर्नुपर्ने अवस्थाले यहाँको मौसम र हावापानी अनुसार असोज र कार्तिक महिनामा जौं र गहुँ छर्ने चलन छ । घटस्थापनाको दिन छरिने जमरालाई घरका मूली महिलाले जतनसंग राखेको बीउ सानो भाँडोमा रोपेर परीक्षण गरेको अर्थमा बुझिन्छ । यसरी रोपेको बीउलाई दशौं दिनमा ठूलाले सानालाई टिका लगाई आशिष दिई विसर्जन गरिन्छ । घरका मूल महिलाहरु वरपर छरछिमेकमा एकले अर्कालाई कसको बीउ कति राम्रो भनी एक आपसमा सोधपुछ गरी राम्रो जमरा उमरेको बीउ सबैले प्रयोग गर्दछन् । नउम्रने वा नराम्रो जमरा लगाएको बीउ बारीमा प्रयोग गर्दैनथे । यसले यसलाई बीज परीक्षणको रुपमा छानिएको दिन हुनुपर्छ । यसरी हेर्दा यो उत्पादन सम्बन्धसंग सम्बन्धित देखिन्छ । साँस्कृतिक रुपमा नेपाली जन अहिलेसम्म पनि भाग्यकर्ममा बढी विश्वास गर्दछ । ठूलाले सानालाई दिने आशिषलाई पितृबचन ठान्ने चलन छ र आशिषले सबैको मन प्रफुल्ल बनाई आत्मबल बढाइदिन्छ र यो आशिष लिई बर्षभरि उनीहरु आत्मबल लिएर काम गर्छन् र सफल पनि हुन्छन् । यो मानिसको चेतना अनुरुप मानिसलाई आत्मबल र आत्म विश्वास बढाई दिने पर्वको रुपमा पनि लिइन्छ । तिहार पनि यस्तै परंपरागत मनोभावनासंग गाँसेर बनाइएको चाड हो । जसरी दशैंलाई बनाए त्यससंग जोडेर एक घटनाले नपुगेर दुईदुई वटा घटनासंग जोेडेर यी पर्वहरुको बनाइएकोे पाइन्छ ।
जनताले यी दुबै पर्वलाई धार्मिकभन्दा पनि साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । कतिले यसलाई धर्मसंग जोड्छन् कसैले यसलाई जातीय लडाईसंग जोड्छन्, कसैले यसलाई संँस्कृतिसंग जोड्छन् । त्यसैले दशैं र तिहार पर्वलाई सकारात्मक र नकारात्मक दुबै कोणबाट व्याख्या गरिदै आएको पाइन्छ । यदि पौराणिक कथन नै सत्य हो भने यी दुबै पर्वको सार हिंसामा देखिन्छ । कसैले कसैलाई मारेको दिनलाई विजय उत्सवको रुपमा पर्व मनाएको पाइन्छ । यदि यहि नै सत्य हो भने शान्ति र अहिँसाको राग अलाप्ने धर्मगुरु र शासकहरुले कुनै ब्यक्ति वा जातिका नायकको बध गरेको उपलक्षमा गरेको हर्षबधाई किन पर्व मनाउने भन्ने प्रश्न उठ्नु स्वभाविक छ । यो कसैको लागि त यो खुशी र उत्सव हुन सक्ला तर कसैको लागि पीडा र विरोधको विषय हुनु स्वभाविक हुन्छ । यसैले पनि दशैंलाई सर्वमान्य चाड हुन नदिएको होला । यसरी हेर्दा सवै पर्वहरुको इतिहास हिँसासंगै जोडिएको देखिन्छ । हिँसा गरेर अहिंसाको उपदेश दिने र मान्छेको हत्या गरेर खुशीयाली मनाउनुले कसरी राष्ट्रिय एकता र सामाजिक सदभावको कायम हुनसक्छ । यसैले यी जनसँस्कृतहिरुलाई कुनै धर्मसंग जोड्नु नै यी पर्वहरु विवादित हुनुको मूल कारण हो ।
दशैं र तिहारमा गरिने पुजाआजामा देशान पुजा, पितृपुजा र लक्ष्मी पुजा र जमरा (बीउ परीक्षण) गरेको कुराहरु हेर्दा खासमा यो हिन्दुहरुले नेपाली जनताहरुको संस्कृतिमा हिन्दु धर्म जोडेर कथानक बनाएको हो कि ? भन्ने अनुमान गर्न सकिन्छ । अर्थात केही उनका सँस्कृतिमा स्वतन्त्रता दिएर त्यसमा धर्मको सिलसिला जोडेर जातीय साँस्कृतिक समीकरणको रुपमा यी दुई पर्वहरु मनाउदै आएको प्रशस्त प्रमाणहरु देखिन्छ । यसैले यसमा स्थानीय जनजातिहरुको पनि सहभागिता देखिन्छ ।
नबदिएको शासकहरुको मति
नेपाल त्यसै पनि बहुराष्ट्रिय देश हो । यस्तो देशमा अनेक जातीय र धार्मिक चाडपर्वहरु हुनु स्वभाविक छ । यस्तो अवस्थामा राज्यसत्ताका सञ्चालकहरुले राष्ट्रिय एकताका लागि जोड गर्नुपर्दछ । के गर्दा र कस्तो चाडपर्वलाई राष्ट्रिय एकताको पर्व बनाउने भन्ने कुरा राजनीतिज्ञहरुले सोच्ने विषय हो । नेपालमा दशैं र तिहारलाई अरु पर्वहरुभन्दा विशेष तयारीका साथ मनाइने गरिन्छ । सरकारले पनि यी दुई पर्वलाई विशेषतः दशैंलाई अझ प्राथमिकता दिएको पाइन्छ । अरु चाडहरुलाई एक दुई दिन मात्र विदा दिँदा दशैंमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सरकारी विदा नै दिदै आएको छ । कर्मचारी र जागिरेहरुलाई दशैं खर्च भनेर थप एकमहिनाको तलवभत्ता पनि दिदैआएको छ । यो रीति पञ्चायतकालदेखि अहिलेसम्म पनि कायम छ । यसको अर्थ हुन्छ पञ्चायतकालदेखि नै राज्य सञ्चालकहरुको मति फेरिएको छैन । यो गणतन्त्र, लोकतन्त्र जे नाम दिए पनि यो पञ्चायतकै निरन्तरता हो । मान्छे मात्र फेरिएका छन्, व्यवस्था फेरिएको छैन । अनि गर्छन् सुशासनको कुरा । शासन चलाउने र शासन प्रणाली कस्तो बनाउने भन्ने शासकहरुकै हातमा हुन्छ । एउटा ताजा उदाहारण हेरौंं –
गएको वर्ष २०७९ फागुन १ गतेलाई प्रचण्ड सरकारले जनयुद्ध दिवसको रुपमा एक दिने दिवस घोषणा ग¥यो तर यसको विरोध कथित ठूलो दलका नेता भनिनेहरु र जनयुद्ध विरोधीहरु सवैले धुवाँदार रुपमा गरे । जव कि त्यहि जनयुद्धले ल्याएको गणतन्त्रमा भुरेटाकुरे राजा भएर बसेकाछन् । स्मरण रहोस यो एकदिनको विदा पनि प्रचण्ड सरकारबाट हटेपछि काँग्रेस र एमाले सरकारमा आए भने हटाउनेछन् हेर्नु होला । एक दिन जनयुद्ध दिवस भनेर विदा दिँदा यति विरोध गरे कि मानौं उनीहरुका सर्वस्व नै गयो । अरु जाति र समुदायका पर्वहरुलाई मुश्किलले एक दिन विदा दिंदा दशैंलाई १५ दिन विदा दिन्छ तर यसबारे कोही चुइकक बोल्दैनन् । यहि नै कुशासनको र देशको अवस्था नवदलिनुको मुख्यकारण हो । नेताहरुको सोच नबदलिनु उनीहरुको धार्मिक र साँस्कृतिक सोच नबदिलु हो, परंपरागत र रुढीवादी हुनु हो । ब्यवस्था होस या अवस्था होस, देश बदल्न नेताहरुको खोपडीभित्रको गिदी नै बदल्नु पर्छ किन कि उनीहरुको गिदी अव बदलिनै नसक्ने गरी कुहिसकेको छ । त्यो कुहेको अण्डा जस्तै विग्रिसकेको गिदीले नयाँ नयाँ सोच्नै सक्दैन । तिनका सोच अब कहिल्यै नबदलिने गरी जमेको छ । जवसम्म नयाँ अग्रगामी सोच भएका नेता देशले पाउँदैन देश बन्दैन । नेपाली जनताले नयाँ सबैले मान्ने आम जनताको लागि मान्य हुने चाडपर्व आउँदैन । अझैसम्म दशैं–तिहारलाई हिन्दुहरुको मात्र होइन राज्यसत्ताका मालिकहरुको खोपडीको चाडको रुपमा सरकारले मान्यता दिदै आएको छ । यसले यो राज्यले संविधानमा धर्मनिर्पेक्ष उल्लेख गरे पनि राज्य अझै हिन्दु धार्मिक परंपरामै चल्दै आएको छ । इतिहासको कुनै बेला नेपाललाई हिन्दु अधिराज्य भन्ने गरिन्थ्यो । आज गणतन्त्रको स्थापनापछि पनि नेपाल हिजोको हिन्दुअधिराज्यकै नवसंस्करणको रुपमा चल्दै आएको छ । त्यसैले नबदलिएको नेताहरुको मानसिकता, धर्मसंस्कार–संस्कृति र दृष्टिकोण हो । सोच नबदलिएको नेताले न व्यवस्था बदल्न सक्छ न अवस्था बदल्न सक्छ ।
के बदलियो के बदलिएन
दश बर्षको महान जनयुद्धले राजतन्त्रको अन्त त ग¥यो तर शासन प्रणाली (क्थकतझ), धार्मिक, साँस्कृतिक चरित्र बदलिएन । राजा बदलियो, मान्छे बदलियो तर व्यवस्था बदलिएन, ऐन–कानुनहरु पुरानै रहे, मान्छेको सोच र सोच्ने तरिका पुरानै रहीरह्यो । यसको कारण देशको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक अवस्था पुरानै रहीरह्यो । सामन्तवादको एक्लौटी राजको अन्तभयो र साम्राज्यवाद हावी भएर आयो । साम्राज्यवाद र सामन्तवादको अपवित्र गठबन्धन भयो । यो गठबन्धनबाट दलाल पुँजीवाद पैदा भयो । व्यवस्था पुरानै संसदीय व्यवस्था कायम रह्यो । अर्थव्यवस्था राजनीतिक नेतृत्व केही हेरफेर भयो । यसले सत्ताको चरित्र दलाल पुँजीवादी अर्थ प्रणाली र दलाल संसदीय व्यवस्थाको रुपमा खडा गरिदियो ।
निश्चय नै राजतन्त्रको अन्त हुनु एउटा ऐतिहासिक परिघटना थियो तर जनताको सत्ता स्थापना नहुनु दुःखदायी घटना बन्यो । यो दलाल नेताहरुको आत्मसमर्पवाद र दलालीको परिणाम थियो । यसैको परिणाम अहिले मुलुक र जनताले सास्ती भोगिरहेको छ । यसलाई नेताहरुले धर्मनिर्पेक्षता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशी, मानवअधिकार आदिको जामा पहिराए, तर विरालोलाई जति सिरक मुनी लुकाएर बाघ भने पनि म्याउँ गरिछाडे । जनतालाई के धर्मनिर्पेक्षता, के लोकतन्त्र, के गणतन्त्र, के समानुपातिक–समावेसी । उनीहरुलाई कसरी एक गास खाने, कसरी श्रीमान–श्रीमति, परिवार नेपालमै संगै बसेर सुखी जीवन विताउने, कसरी छोराछोरी हुर्काउने, पढाउने, विमारी हुँदा औषधोपचार गर्ने र समाजमा शान्तसंग बाँच्ने ? यति चाहिएको छ । धर्मनिर्पेक्षता भनेको गाउँगाउँमा चर्चघरहरु स्थापना गर्नु होइन । गाउँगाउँमा एनजीओहरुको जालो विछ्याउनु बेरोजगार हटाउनु होइन । गाउँगाउँमा मनपरी विकृति–विसंगति फैलाउनु, युवायुवतीहरुलाई विदेश पठाउनु लोकतन्त्र होइन । मनपरी महँगी बढाउनु, भ्रष्टाचार गर्नु, सुनतस्करी गर्नु, नेपाली नागरिकलाई भूटानी नागरिक बनाएर अमेरिका पठाउनु, सरकारी जग्गाहरु बेचीखानु मानवअधिकार होइन । गणतन्त्र भनेको एक राजाको ठाउँमा पचास राजा पाल्ने, लोकतन्त्र भनेको बर्षेनी चुनाव गर्ने, स्वतन्त्रता भनेको चुनावमा मनपरी पैसा बाँध्ने, जनतालाई ढाँटेर चुनाव जितेर तस्करी गर्ने, भष्टाचार गर्ने र धर्मनिर्पेक्षता भनेको यहाँका श्रमिक समुदाय र जनजाति तथा विपन्न समुदायलाई क्रिश्चियन बनाउन गाउँ गाउँमा बेरोकतोक छोडिदिने रहेछ । जनताले यो लोकतान्त्रिक गणतन्त्रबाट यहि बुझेकाछन् ।
पञ्चायत कालमा हिन्दु र बौद्ध धर्म बाहेक अरु धर्महरुको खुला प्रचारमा प्रतिवन्ध थियो । कुइरेहरु त्यसबेला क्रिश्चियनीतिको प्रचार अत्यन्त छद्म भेषमा गरिरहेका थिए । दुर्गम गाउँका स्कूलहरुमा पिसकोर्सको रुपमा स्वयंसेवक शिक्षक बनेर पसेका थिए । कतै अस्पताल र हेल्थपोष्टहरुमा स्वयंसेवकको रुपमा उपचार गर्ने डाक्तरको रुपमा, कतै मास्तरको रुपमा, कतै टुरिष्टको रुपमा, कतै, कतै पीएचडी गर्ने विद्यार्थीको रुपमा, कतै खोजकर्ताको रुपमा, कतै विकास निर्माण गर्ने संस्थाको रुपमा, कतै डोनर संस्थाको रुपमा, कतै गैरसरकारी संस्थाको रुपमा गाउँगाउँमा छिरेका थिए । यसरी मिशनको रुपमा दुर्गमभन्दा दुर्गम क्षेत्रमासमेत फिजिएर काम गरिरहेको कसैलाई थाहै हुँदैनथे, केवल सहयोगी र स्वयंसेवीको रुपमा मात्र सोझा नेपालीहरुले बुझिरहेका थिए तर चलाख कुइरेहरु पूरै मिशनमा काम गरिरहेका थिए । मुलुकका धेरै ठाउँहरुमा उनीहरु मिशन अस्पताल र कल्याणकारी संस्थाहरु खडा गरी त्यसमार्पmत लुकीचोरी धर्मको प्रचार गरिरहेका थिए । आज ती खुल्याम गाउँगाउँमा धर्मको प्रचार र विस्तार गरिरहेकाछन् । आजभोली त नेपालमा धर्म प्रचार र विस्तारको प्रतिस्पर्धा नै चलिरहेको छ । सायद धर्मनिर्पेक्षताले ल्याएको परिवर्तन यहि होला । धरान, इतहरी, नेपालञ्जमा भड्केका धार्मिक डंगाहरु यसैका उपहार हुन सक्छन् ।
धर्मनिर्पेक्षता नराम्रो कुरा होइन । बहुधार्मिक मुलुकमा कुनै एक धर्मको राज चलाउनु धर्मयुद्धको बीज रोप्नु हो । बहुजातीय राज्यमा कुनै एक जातिले राज गर्नु जातीय द्वन्द्वको बीउ रोप्नु हो । बहुसाँस्कृतिक, बहुभाषिक मुलकमा कुनै एकाजातिको भाषा र संस्कृति लाड्नु पनि सामुदायिक र साम्प्रदायिक डंगा भड्काउने नियति हो । यस्तो देशमा धर्मनिर्पेक्षता एक कदम प्रगतिशील कदम हुन्छ तर धर्मनिर्पेक्षताको नाममा सवै धर्महरुलाई खुला र प्रतिस्पर्धा गराउनु र स्वतन्त्र बेरोकतोक छोड्नु धर्मनिर्पेक्षता होइन । यो धार्मिक स्वच्छन्दता हो । यसले कालान्तरमा धार्मिक डंगा भड्काउँछ जस्तै धरान, इतहरी र नेपालगंजका घटना यसैका संकेत हुन् । बहुजातीय देशमा राज्य सबै नागरिकको हुनुपर्छ । धर्म सबैका साझा हुनुपर्छ । आआफ्ना धार्मिक मान्यताहरुलाई राजनीतिक, सामाजिक प्रतिस्था र प्रतिस्पर्धाको विषय बनाउनु हुँदैन । त्यसलाई व्यक्तिगत आस्थाको विषय बनाउनु पर्छ, त्यो पनि सामाजिक, साँस्कृतिक एकता नभड्काउने गरी राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमिकतामाथि आँच नआउने गरी नितान्त निश्चित नीति र परिधिभित्र राखेर नियमन गरेर जानु पर्दछ । यसरी मात्र सामाजिक एकता कायम राख्न सकिन्छ । आजको नेपालमा धर्मनिर्पेक्षताको नाममा विदेशीहरुलाई हुल्ने र धार्मिक प्रतिस्पर्धा गराउने, संघीयताको नाममा पूँजीवादी साम्राज्यवादी दलालहरुको स्वार्थसिद्धि गर्ने कथित संघीयता, नेता कार्यकर्ताका पाकेटभित्र रहेको पैसावाद, नातावाद, परिवारवादमा आधारित समानुपातिक नाराले केवल दलाल र नेताका परिवार र नातागोता, आसेपासे पोस्ने समानुपातिक बनेको छ । यसले पैदा गरेको समस्या नै आजको राष्ट्रिय राजनीति र स्वाधीनतामा आएको संकट हो । अर्थात यसले पैदा गरेको समस्या नै आजको राष्ट्रिय संकटको मूल कारण हो । व्यस्थामा यो दलाल पुँजीवादी संसदीय व्यवस्थामा देखा परेको छ ।
त्यसो भए चाडपर्वलाई हेर्ने दृष्टिकोण के हो ?
बस्तुलाई हेर्ने वैज्ञानिक दृष्टिकोण माक्र्सवादी दृष्टिकोण हो । माक्र्सवादी दृष्टिकोण भनेको बस्तुलाई जस्तो छ त्यस्तै रुपमाभन्दा पनि त्यसको सकार र नकार पक्षहरुलाई ऐतिहासिक, द्वन्द्वात्मक, भौतिकवादी दृष्टिले हेर्ने, बुझ्ने र व्याख्या गर्ने वैज्ञानिक दृष्टिकोण हो । कुनै पनि बस्तुको आदि र अन्त्य हुन्छ, सकार र नकार हुन्छ । यसको ऐतिहासिक पक्ष, बर्तमान पक्ष र भविष्यको पक्ष हुन्छ, अर्थात यसको भूत, बर्तमान र भविष्य हुन्छ । हरेक चाडपर्व पनि बस्तु हुन् । यसका पनि भूत, बर्तमान र भविष्य हुन्छ । बस्तुलाई जहिले पनि एउटै नजरले हेर्ने दृष्टिकोण अधिभूतवाद हो । चाडपर्वहरुको सन्दर्भमा यसमा थप मनोविज्ञानको पक्ष पनि थपिन्छ । यसरी हरेज चीजलाई अग्रगामी र जनताको जीवनपद्धतिसंग जोडेर हेर्नुपर्छ । यो भावी उन्नत र विकसित मानव सभ्याताको आधार बन्नुपर्छ । यसले सबै जाति, सँस्कृति र समुदायलाई एकतामा ल्याउनुपर्छ । राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ । यसले देशका नागरिकहरुलाई सामाजिक, आर्थिक र मनोवैज्ञानिक एकतामा गाँस्न सक्नु पर्छ र मात्र यो सबैको साझा चाड बन्छ ।
हालसम्मका चाडपर्वहरु आध्यात्मिक र भौतिक पक्ष गरी दुई खुट्टामा उभिएको पाइन्छ । कुनै पनि सँस्कार–सँस्कृतिहरु मानव चेतना र मानव समाजको विकास प्रक्रियाका पहिचान हुन् । यसलाई विवादित र विखण्डित गर्नुभन्दा पनि म¥यादित र सर्वमान्य कसरी बनाउन सकिन्छ । वैज्ञानिक र राष्ट्रिय एकताको प्रतीक कसरी बनाउन सकिन्छ ? यतातिर समस्त सचेत र विज्ञ नागरिकहरुको ध्यान जानु पर्छ । बहुविविधतायुक्त मुलुकमा एउटै मनोविज्ञान नभइसकेको अवस्थामा संघीय व्यवस्थाले यी चाडपर्वहरु र रीतिथितिहरुलाई एकअर्काको विरोधी होइन सहयोगी, एउटै पूmलका तोरीबारी होइन सबै रंगीविरंगी फूलका साझा बगैंचा कसरी बनाउन सकिन्छ । यो राज्यको दृष्टिकोणमा भर पर्दछ । यसरी मात्र देशको राष्ट्रिय एकता बलियो हुन्छ । यसको लागि भावि समाजवादी व्यवस्थाका लागि एउटा सबैले मान्य हुने सर्वमान्य पर्वको बारेमा पनि विमर्श गर्दै तत्काल विद्यामान विभिन्न जाति जनजातिहरुको चाडपर्वहरुलाई आपसी अन्तरविरोधभन्दा पनि आपसी संहिता, सम्मान र सहकार्यबाट सामाजिक एकता बलियो बनाउन सबैले जोड दिनु पर्दछ । सबै जाति समुदायका चाडपर्वहरुलाई राज्यले साझा सम्पतिको रुपमा लिदै सयौं फुलका साझा फुलवारी बनाउन सक्नुपर्दछ ।
चाडपर्व र सँस्कार–सँस्कृतिको उचित विकल्प के हुन सक्छ ?
नेपाल विविधताको देश हो भन्ने कुरालाई आत्मसात गर्दै नेपाल कम्युनिस्ट पार्टीले सी ऋयलअभउत अगाडि सारेको छ । नेपाल विविधतामा एकताको इतिहास बोकेको देश हो । नेपाली समाजको विशेषता अरु देशहरुभन्दा भिन्दै छ । यसको ऐतिहासिक प्रक्रिया पनि अन्य राष्ट्रहरुभन्दा अलग ढंंंगले विकास हुँदै आएको छ । कतिपय राष्ट्रहरुले अन्य कमजोर छिमेकी राष्ट्रहरुमाथि हस्तक्षेप गरेर अरु जातिका राष्ट्रियताहरुलाई जवरजस्त एउटै राष्ट्रमा गाभेर विशाल साम्राज्य खडा गरे । जस्तै अमेरिका, बेलायत, भारत, फ्रान्स, जर्मनी आदि तर नेपालमा एउटा सानो पहाडी राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले सामन्ती राज्य एकीकरण अभियान चलाए । करीव पौने एक सय वरिपरी रहेका साना भुरेटाकुरे रजौटाहरुलाई एउटै सामन्ती राज्यमा मिलाए । यद्यपि यो कार्य आफ्नै जीवनकालमा सम्पन्न गरेर सबै जातिको साझा फुलबारी बनाउन त पाएन । उनले परिकल्पना गरेको राज्यको पूर्णता नदिदै छिटै एकीककरण अभियानकै बिचमा देहत्याग गरे । त्यसपूर्व भुरेटाकुरे राजाहरुले तत्कालिन नेपालको हिमालय खण्डमा रहेका दर्जनौ जातीय गणराज्य र क्षेत्रहरुलाई कब्जा गरेर भुरेटाकुरे राज्यहरु खडा गरेका थिए । त्यसै बेलादेखि आफ्ना मौलिक संस्कार सँस्कृतिहरु गुमाउदै गएका यहाँका आदिवासी जनजातिहरुले आफ्नो मौलिक सँस्कृतिहरु बचाउन वा विकास गर्न पाएनन् । बचेखुचेका बाँकी सँस्कृति र सँस्कारहरुमा पनि एकीकृत सामन्ती राज्य स्थापनापछि राज्यकीय रुपबाटै हिन्दु धर्मले प्रत्यक्ष हस्तक्षेप गर्दै आयो । यस अगाडि तत्कालिक हिमवत खण्डमा प्राकृतिक र वोन धर्ममा आधारित आदिवासी जनजातिहरु आआफ्ना धर्मसंँस्कृतिमा रमाइरहेका थिए । अलि शहरी र व्यापारिक केन्द्रहरुमा दक्षिण एशियामा भारत, श्रीलंकादेखि तिब्बतसम्म बौद्ध धर्मको प्रचार गर्ने भिक्षुहरुको आवत–जावत र प्रचार–प्रसार र हिन्दु धर्म गुूूरु र प्राचीन ऋषि–मुनीहरुको धर्म–प्रचारको प्रभाव पर्दै गयो । नेपालको राज्यसत्तामा आएको स्थिरतासंगै राजधर्मको रुपमा लाडिएको हिन्दु धर्म सँस्¥कार र सँकृतिको प्रभाव नेपालीजनमा जवरजस्त पर्दै गयो । यसको प्रभाव र हस्तक्षेप सवभन्दा बढी प्राकृतिक धर्ममा आधारित आदिवासी जनजातिहरुमा पर्दै आयो । ती प्राकृतिक धर्म र सँस्कार–सँस्कृतिमा रमाइरहेका आदिवासी जनजातिहरु विस्तारै थाहै नपाई कोही हिन्दु धर्मका र कोही बौद्ध धर्मका र पछिल्लो समयमा क्रिश्चियन धर्मको जवरजस्त बाहुपासमा पर्न गए । तिनको पहुँच बाहिर रहेका क्षेत्रका जाति र समुदायहरु आफ्नै परंपरगत प्राकृतिक धर्म–सँस्कार–सँस्कृतिमै रमाइरहे । कालान्तरमा केही अलि पढेलेखेका व्यक्तिहरु सचेत रुपले कसैले बौद्ध, कसैले हिन्दु र कसैले आफूहरु प्राकृतिक धर्ममा आधारित समुदाय रहेको वकालत गर्न थाले । भारत खण्डमा भएको मुगल सम्रातको आक्रमण र पछि अंगे्रजहरुको आक्रमण र अतिक्रमण, यता नेपाल एकीकरण, सुगौली सन्धीका बीच बर्तमान नेपालको सीमाङ्कन आदि प्रक्रियमा नेपालको सीमाभित्र परेका हाल करीव ४ प्रतिशत जनसंख्यामा रहेका मुश्लिम समुदायका आफ्नै धर्म–सँस्कार र चाड तथा राज्यका हस्तक्षेपका बीचमा पनि यहाँका आदिवासी जनजातिहरुको आआफ्ना सँस्कार–सँस्कृति, पछिल्लो समय पश्चिमा शक्तिकेन्द्रहरुले सचेत रुपबाट नेपालमा गर्दै आएको क्रिश्चियनीतिको हस्तक्षेप बेजोडले पर्दै आएको छ । यसले आज धर्म–सँस्कृति र चाडपर्वहरु बारे चर्का बहस र विवादहरु सिर्जना गरेको छ । अहिले आएर धर्महरु विशेषतः हिन्दु, मुश्लिम र क्रिश्चियन धर्मका बीच बेलाबखत धार्मिक विवाद र डंगाहरु भत्किन खोज्दछन् । तर तुलनात्मक रुपले बौद्ध धर्मको अरु धर्महरुको जस्तै टकराए र उत्सँृखल बनेको देखिदैन । जे भने पनि यी धर्म र संस्कृतिहरुको सामाजिक प्रभाव नेपाली जनमा छ भने यसको जवरजस्त प्रभाव नेपाली राजनीतिमा पनि पर्दै आएको छ । यदि यसलाई कम्युनिस्ट राजनीतिले हस्तक्षेप गरेन भने कालान्तर कुनै बेला नेपालमा धार्मिक युद्ध भत्किने खतरालाई कसैले रोक्न सक्दैन । त्यसैले यसको दीर्घकालिन र तात्कालिक समाधान खोज्नु आजको आवश्यकता बनेको छ । यसलाई मध्यनजर राख्दै बर्तमान समाजको जातीय परिपाती र यसले जन्माएको बर्तमान र भावी सामाजिक अन्तरविरोधको हल गर्न नेकपाले एउटा वैज्ञानिक विकल्प सी कन्सेप्ट र सी अभियान अगाढि सारेको छ । यो अहिलेको विद्यामान वर्ग र जातिमा आधारित समाजको समस्याहरुको हल गर्ने उत्तम उपाय हुन सक्छ । किन कि सी कन्सेप्सन कुनै धर्म र जाति विशेषसंग सम्बन्धित छैन । यो विशुद्ध मानव जातिको सामाजिक एकता र भातृत्वसंग सम्बन्धित छ । अहिले यो भर्खरै प्रयोगको प्रक्रियामा छ । यसले सी जाति, सी सँस्कृति र सी समाजको परिकल्पना गरेको छ । भावी दिनहरुमा यसले अहिलेका विवादित, विकुत धर्मसँस्कृतिहरुको उचित विकल्प दिन सक्छ । यद्यपि अहिले नै यसले मूर्त रुप लिइसकेको छैन ।
अन्तमा हरेक चाडपर्वहरु जनताको सामाजिक, आर्थिक, साँस्कृतिक मनोविज्ञान र उत्पादन सम्बन्धसंग गाँसिएको हुन्छ । यससंग नगाँसिएका पर्वहरुमा त्यति रौनकता आउँदैन । जति नै भने पनि हरेक धर्महरुको मूल पक्ष आध्यात्मिक हुन्छ र चाडपर्वहरुलाई त्यससंग अनुबन्धित गरिएको पाइन्छ । धर्मको सार इश्वर र परमात्मा हो । जसले आधुनिक वैज्ञानिक युगमा पश्चगमनको धार बोकेको हुन्छ । यसले मानव चेतनालाई पछाडि धकेल्छ । चाडपर्वहरु यससंग जोडिएमा मानवसमाजलाई यथास्थितिमा फनफनी घुमाउँछ र पश्चगमनतिर धकेल्छ । त्यसले अव धर्मको सारको रुपमा पर्व होइन वैज्ञानिक चेतनामा जनतालाई सामाजिक रुपले मनोरञ्जन दिन सक्ने चाड अवको आवश्यकता हो । जसले राष्ट्रिय एकता पैदा गरोस, सामाजिक सदभाव पैदा गरोस र सम्पूर्ण नेपाली जनतालाई एक सूत्रमा बाँधोस । सी कन्सेप्सन यसैको प्रारंभिक कदम हो । विस्तारै विमर्शबाट एउटा सी चाड बनाउनेतिर सोचौं । दशैंतिहार लगायतका सबै जाति समुदायसंग सम्बन्धित चाडपर्वहरुलाई राज्यले समान ढंगले हेरोस । भविष्यमा यहाँ कुनै धार्मिक डंगाफसाद नहोस भन्नेमा राज्यले बेलैमा ध्यान पु¥याओस । धर्मनिर्पेक्षतालाई धार्मिक स्वतन्त्रता वा धार्मिक स्वछन्दताको विषय नबनाइयोस । धर्मलाई राजनीतिक र आर्थिक प्रलोभनको विषय नबनाइयोस । यसले सामाजिक सद्भाव भत्काउन सक्छ । सबैले बेलैमा ध्यान पु-याऔं ।