नेकपाद्वारा महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

२०८० मंसिर १ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीकी अग्रज महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन् । महासचिव विप्लव सीले शोक वक्तव्यमार्फत श्रेष्ठको निधनले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन् ।
महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपाल कम्युनिस्ट पार्टीकी अग्रज तथा नेपाली कम्युनिस्ट आन्दोलनका लेखक, अनुवादक कृष्णदास श्रेष्ठकी जीवन संगिनी महालक्ष्मी श्रेष्ठको कात्तिक २९ गते ८२ बर्षको उमेरमा निधन भएको छ । उहाँले पञ्चायतीकालको कठिन समयमा कृष्णदास श्रेष्ठसहित कम्युनिस्ट नेता–कार्यकर्तालाई ठूलो सहयोग पु¥याउनु भएको थियो । उहाँको निधनले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति भएको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतकप्रति भावपूर्ण श्रदाञ्जली र शोकाकूल परिवारजनप्रति सहानुभूति प्रकट गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]