सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्छ (भिडियोसहित )

२०८० मंसिर २ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले देश र जनताका लागि सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन । सो पार्टीद्वारा आज काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सी ले देश बचाउने जिम्मा नेपाल कम्युनिस्ट पार्टीले देश बचाउने जिम्मा लिने ठोकुवा गर्दै देशमा पश्गमन फर्किन सम्भव नरहेको बताए । महासचिव विप्लव सी ले सरकारको काम कारबाहीले अहिले धेरै मान्छेहरुको मनमा त्रास छाएको बताउदै जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउन नसकिने बताए । उनले भने- ‘जनताको मन जितेर पो सत्ता टिक्छ त । मान्छेको मुख बन्द गरेर टिक्छ ?’


महासचिव विप्लव सी ले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउदै भने, ‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरू कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो नि त । हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो । यसरी हुँदैन, कयौँ मानिसहरू आत्तिएको जस्तो, सत्ता पनि डगमगाएको जस्तो । जनताको मन जितेर पो सा टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ, आत्तिनुपर्दैन ।’

उक्त , कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काञ्छाराम तामाङ र नेपाल समाजवादी पार्टी, संघीय परिषद सदस्य तथा पूर्व तेश्रो डिभिजन सह–कमाण्डर .कुवेरले समेत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु