क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्यसहित सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश

२०८० मंसिर ३ गते, आईतवार

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङसहित १ भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शनिबार नेकपाद्वारा काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण तथा एकीकरण कार्यक्रममा उनीहरु नेकपामा समाहित भएका हुन् ।
नेकपा महासचिव विप्लव सी ले उनीहरुलाई माला र अविरले सम्मान गर्दै पार्टीमा समाहित गरेका हुन् । कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा समर्पित तथा काभ्रे जिल्लाका पूर्व उपसभापति, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य काञ्छाराम तामाङ र केन्द्रीय सदस्य जीत बहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा पूर्व तेश्रो डिभिजन भिसी कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद नेपालसहित सयौं जना नेकपामा प्रवेश गरेका थिए ।
उक्त ध्रुवीकरण तथा एकीकरण कार्यक्रममा आफ्नो धारणा राख्दै कान्छाराम तामाङले क्रान्तिकारी कम्युनिस्ट पार्टी वैचारिक रुपमा पतन भएको बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी त्यागेर नेकपाल कम्युनिस्ट पार्टीमा समाहित भएका तामाङ र वैद्यहरुको सोच्ने तरिका भिन्नता आएपछि मतभेद बढेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले वैद्यहरु वैचारिक रुपमा पतन भएपछि आफूले एकीकृत जनक्रान्ति रोजेको बताए । ‘म रहेको पार्टीले अमेरिकालाई पनि साम्राज्यवाद भन्छ, रुसलाई पनि साम्राज्यवाद भन्छ, चुनावी रणनीति बनाउँछ यो त कार्यनीतिको विषय हो ।’, उनले भने, ‘यो वैचारिक विचलनको परिणाम हो । रुसले आत्मरक्षाका लागि अमेरिकासँग लडेको हो । यो साम्राज्यवाद होइन भन्ने मेरो लडाई थियो ।’
एकीकृत जनक्रान्ति ठिक लागेपछि आफूले नेकपाका महासचिवसँग छलफल चलाएको उनको भनाई थियो । ‘कुनै पनि विचार जनताको सुविधाका निम्ति बनाउने हो । जनतालाई सुविधा नदिन वाद (विचार)को कुनै काम छैन ।’, उनले भने, ‘त्यो पार्टीमा जनतालाई काम नलाग्ने वाद मात्र छ, त्यसले क्रान्ति गर्न सक्दैन ।’
उनले क्रान्तिकारीहरुले दुस्मनका कानूनहरुको बारेमा पनि बहस गर्नुपर्ने तर्क गरे । ‘नेपालमा नागरिकताका लागि पहाडिया पीडित छन् । उनीहरुले नागरिकता पाएका छैनन्, लाखौं खर्च गरेर विदेशीले नागरिकता लिएका छन् । विदेशीलाई नागरिकता दिन तराईमा इलाका प्रशासन स्थापना भएका छन्, पहाडमा जिल्ला प्रशासनमै पुग्नुपर्छ ।’, उनले भने, ‘यस्ता कानूनका छिद्रहरुलाई पनि आन्दोलनको विषय बनाउनुपर्छ ।’
जनमुक्ति सेनामा पूर्वडिभिजन भिसी कुबेरले गरिखाने भन्दा लुटिखाने देश भनेर जनताले बुझ्न थाले बताए । यसलाई चिर्न एकीकृत जनक्रान्तिले मात्र सक्ने लागेर आफू नेकपामा समाहित भएको उनको भनाई थियो ।
ध्रुवीकरण कार्यक्रमको अध्यक्षता महासचिव विप्लवले गरेका थिए भने संचालन प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई नेकपा स्थायी समिति सदस्य विषम सीले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]