नेकपाद्वारा पक्राउ पुर्जीबिरुद्ध संघर्षको घोषणा

२०८० मंसिर १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोध गर्दै संघर्षको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले मंगलबार बिज्ञप्ति जारी गर्दै सो संघर्षको घोषणा गरेका हुन्। घोषित कार्यक्रमअनुसार आज मंसिर १९ साँझ ५.३० बजे मशाल जुलुस , मंसिर २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन , मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने रहेको छ।

यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘काठमाण्डौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी, प्रवक्ता कमरेड प्रकाण्ड सी, पीवीएम कमरेड माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतको उक्त कार्य २०७७ साल
फागुन २१ गते सम्पन्न ३ बँुदे सहमतिको ठाडो उल्लबघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो । राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।
आम नागरिकलाई थाहा छकि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बँुदे सहमति मध्य एउटा बँुदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अब्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ । हामी अदालतको यस्तो गैरजिम्मेवार कार्यप्रति सरकार, राजनैतिक दलहरु, बुद्धिजीवी, मानवधिकारवादी, युवा विद्यार्थी, श्रमिक जनताको ध्यान पुगोस साथै ३ बुँदे सहमतिलाई यथासिघ्र लागु गर्न, मुद्दाहरु खारेज गर्न र बन्दी कमरेडहरु मुक्त गर्न सरकार गम्भीर बनोस भन्ने आग्रह गर्दछौं । त्यसैगरी यस्तो गैरकानूनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]