देशब्यापीरुपमा न्यायधीशको पुत्ला जलाइदै

२०८० मंसिर २० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज देशभर न्यायाधीशको पुत्ला जलाउदै छ । सो पार्टीद्वारा पूर्व घोषित आन्दोलनको कार्यक्रम अन्तरगत आज दिउसो ३ बजे देशभर न्यायधीशको पुत्ला जलाउन लागेको हो ।
नेकपाका महासचिव विप्लव सी ले मंगलवार मात्र एक प्रेश विज्ञप्ति जारी गरी अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए । तीन दिने संघर्षका कार्यक्रम अन्तरगत आज देशभरका प्रमुख शहर तथा सबै जिल्लाहरुमा न्यायधीसको पुत्ला जलाउने नेकपाले तयारी गरेको छ ।
नेकपाले मंगलबार साँझ देशभर पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरिसकेको छ भने आज न्यायाधीशको पुत्ला दहन गर्नेछ ।
यस्तै नेकपाले घोषणा गरेको संघर्षको कार्यक्रम अन्तरगत भोलि मंसिर २१ गते दिउसो २ बजे देशव्यापी जनप्रदर्शन गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]