जिल्ला अदालत काठमाडौँले षड्यन्त्रकारी आदेश सच्याउनु पर्छ (भिडियोसहित )

२०८० मंसिर २४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जिल्ला अदालत काठमाडौँले षड्यन्त्रकारी आदेश सच्याउनु पर्ने बताएका छन। प्राइम टेलिभिजनको ‘जनता जान्न चाहान्छ कार्यक्रम’ को अन्तरवार्तामा प्रवक्ता प्रकाण्ड सी ले काठमाडांै जिल्ला अदालतले गरेको आफ्नो षड्यन्त्रकारी निर्णय तुरुन्त सच्याउन चेतावनी दिएका हुन
प्रवक्ता प्रकाण्ड सी ले अदालतका केही व्यक्तिहरु राज्य र सरकारको निर्णय भन्दा पनि कुनै विदेशी तत्वको निर्देशनमा परिचालित भएकाले आफ्नो पार्टीका नेतामाथि तीन बुँदे सहमति विपरितको गैरजिम्मेवार आदेश गरेको बताउदै भने- ‘न्यायापालिकाका केही मान्छेहरु राज्यको अण्डरमा छैनन्,उनीहरुलाई चलाउने कोही अरु तत्वहरु रहेछन । देश र जनता माथि अपराध गर्ने तत्व छन । अदालतलमा पनि केही मान्छे जनतालाई अधिकार दिन नचाहान्ने अपराधी तत्व छन । के राज्यसंग नेकपाले तीन बुँदे सहमति गरेको षड्यन्त्रको तानाबाना बुन्नेलाई थाहा छैन ? षड्यन्त्रकारीले सोच्नुपर्छ, आफ्नो निर्णय तुरुन्त करेक्सन गर्नुपर्छ ।’
प्रवक्ता प्रकाण्ड सी ले यस विषयमा प्रधानमन्त्री प्रचण्डसंग पनि भेटेर कुराकानी भएको खुलासा गर्दै प्रधानमन्त्रीले आफुसंग सिरियस र गम्भीर भएको बताएको र यसलाई कानुनी र राजनीतिक रुपमा समाधान गर्ने आश्वासन दिएको जानकारी दिए । उनले राज्यभन्दा माथि अदालत कहिल्यै नहुने दाबी गर्दै राज्यले विद्रोही पक्षसंग गरेको सहमति कार्यान्वय गर्ने दायित्व अदालतको पनि भएको बताए ।
प्रवक्ता प्रकाण्ड सी ले कानुनी,राजनीतिक र नैतिक रुपमा कुनै पनि वाहानामा नेकपाका नेतामाथि पक्राउ पूर्जीको आदेश दिनु अदालतको गलत तथा षड्यन्त्रकारी कदम भएको बताउदै जनताप्रति जिम्मेवार राजनीति पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि पक्राउ पूर्जीको षड्यन्त्र नगर्न चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]