नेकपाका प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतवार बेलुका भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा भएको उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उललंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध जारी गरेको आदेशको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा अध्यक्ष यादवले नेकपाका शिर्षस्थ नेताहरु बिरुद्ध अदालतको फैसला आउनु गम्भीर षड्यन्त्र भएको बताएका थिए । उनले जिल्ला अदालत काठमाडौँको यो फैसलाले तीन बुँदे सहमतिको उल्लघन भएको बताउदै यो फैसला बैदेशिक तत्व र शान्ति बिरोधि तत्वहरुको गम्भीर षड्यन्त्र भएको बताएका थिए । अध्यक्ष यादवले जिल्ला अदालत काठमाडौँको यो फैसला देश र जनताविरुद्धको षड्यन्त्रका साथै समाजवादी मोर्चा बिरुद्धको षड्यन्त्र समेत भएको बताएका थिए।
उक्त भेटवार्तामा अध्यक्ष यादवले जिल्ला अदालत काठमाडौँको आदेशले आफुलाई अचम्मित तुल्याएको बताउदै यस बिषयमा सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल गर्ने बताएका थिए । उनले सरकारले तीन बुँदे सहमतिको पालना गर्नु पर्ने बताउदै जिल्ला अदालत काठमाडौँको आदेशले सकरात्मक दिशामा अगाडी बढिरहेको राजनीतिलाई बिथोल्न खोजेको आशंका समेत व्यक्त गरेका थिए ।
उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड सी ले राज्यसंग तीन बुँदे सहमति गरेर नयाँ राजनीतिक कोर्षमा नेकपा अगाडि बढिरहेको बेला काठमाडौं जिल्ला अदालतले आफ्नो पार्टीका महासचिव,आफू र अन्य नेतामाथि पक्राउ पूर्जी जारी गरिएको विषयमा समाजवादी मोर्चाले प्रतिबाद गर्नुपर्ने विचार राखेका थिए । उनले नेपालमा दलाल संसदीय व्यवस्थाको असफलताको परिणाम परिवर्तनका लागि संघर्षरत राजनीतिक पार्टीका नेतामाथि षड्यन्त्र हुदै गएको र यो षड्यन्त्र समाजवादी मोर्चा भत्काउने डिजाईमा पनि आएको हुन सक्ने तर्फ मोर्चा सचेत हुनुपर्ने समेत बताए थिए ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चा नेपालको गठन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको सकरात्मक प्रभावको बिषयमा छलफल भएको र देशको राष्टिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक ,राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उदेश्य सहित बनेको समाजवादी मोर्चाको आगामी कार्यक्रम छिट्टै बैठक बसेर सार्वजनिक गर्ने सहमति समेत भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा सो भेटवार्तामा बिगतको जनसंघर्षका उपलब्धिका बिरुद्ध देशि बिदेशि षड्यन्त्र बढेर गएको , भ्रष्टाचार , कमिशन , कालोधन्दा र महंगीले अर्थतन्त्र धराशायी भै राखेको र राजनीतिक भ्रष्टीकरण र अराजकता बढ्दै गइ रहेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा सरकारको कामको जनपक्षीयताका बिषयमा छलफल हुनुका साथै नयाँ कार्यक्रम र योजना बनाएर देश र जनताबिरुद्ध भै रहेका षड्यन्त्र चिर्न समाजवादी मोर्चाको बैठक तत्काल बस्नु पर्ने निष्कर्ष निकालिएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशको समग्र समस्याको समाधान नयाँ राजनीतिक कोर्ष बनाएर खोज्नुपर्ने र त्यसका निम्ति दुई पार्टीबीच वार्ता र सम्बाद जारी राख्ने सहमतिसमेत भएको बताइएको छ ।