महासचिव बिप्लव सीद्वारा सहिद आरतीका बिरामी बुवासंग भेट : उपचारका लागि पठाउदै
२०८० मंसिर २६ गते, मंगलवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ले सहिद आरतीका बिरामी बुवा जोगबहादुर घर्तीसंग भेट गरेका छन् । महासचिव बिप्लव सी शिवराज नगरपालिका वडा नम्बर ९ रहेको घर्तीकै निवास पुगेर उनको स्वास्थ अवस्थाको बारेमा जानकारी लिएका थिए । उक्त अवसरमा महासचिव बिप्लव सी ले उनको उपचारको लागि रु पाँच हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टीले सहिद आरतीका बिरामी बुवा जोगबहादुर घर्ती को उपचारको लागि एम्बुलेन्सको व्यवस्था गर्नुको साथै उपचारमा सहयोग गर्ने भएको छ ।
उक्त , भेटघाटमा महासचिव बिप्लव सी लगायत नेकपाका केन्द्रिय सदस्य अडिग सि , केन्द्रिय प्रतिनिधि बिमर्श ,पाबेल सी लगायतको उपस्तिथि थियोे ।