नेपाल कम्युनिस्ट पार्टीद्वारा राजनीतिक भेटलाई तीव्रता

२०८० पुष १ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक भेटलाई तीव्रता दिएको छ । सो पार्टीले देशको बिग्रँदो राजनीतिक परिवेश, तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध गरेको फैसला र समाजवादी मोर्चालाई अगाडि बढाउनेलगायतका विषयलाई लिएर राजनीतिक भेटलाई तीव्र पारेको हो ।

यसैक्रममा मंसिर २३ गते, शनिबार सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
यसै सिलसिलामा, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बिहिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बावुराम भट्टराईसँग काठमाडौँको टोखास्थित मानुषि यमीको निवासमा भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा देशको पछिल्लो राजनीतिक संकट र अवस्थाका बारे गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा जिल्ला अदालत काठमाडौँले नेकपाका नेता माथि जारी गरेको पक्राउ पुर्जीको विषय गम्भीर भएको, परिवर्तन र शान्तिविरुद्धको कदम भएको दुवै नेताले ठहर गरेका छन् ।


नेकपाका प्रवक्ता प्रकाण्ड सीले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई समक्ष प्रतिगामीहरुले परिवर्तनकारी शक्तिविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको भन्दै प्रतिवादको लागि सहयोग गर्न आग्रह गरेका थिए ।
नेसपाका अध्यक्ष भट्टराईले नेकपाले थालेको राजनीतिक आन्दोलन र पहल सकरात्मक भएको भन्दै नेकपामाथि हुने कुनै पनि षड्यन्त्रका विरुद्ध नेसपा प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त भेटवार्तामा दलाल संसदीय व्यवस्थाको असफलताकै कारण देश चरम संकटतिर गएको, विदेशी हस्तक्षेप बढेको, नेपालमा आर्थिक संकट चरमचुलीमा पुगेको, एनसेलको पछिल्लो काण्ड सार्वजनिक भएको जस्ता विविध विषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा नेपालको अबको संकटको निकास समाजवाद भएको विषयमा सहमति भएको छ । प्रवक्ता प्रकाण्डले नेसपालाई समाजवादी मोर्चामा सहभागी हुन पनि आग्रह गरेका छन् । नेसपा अध्यक्ष भट्टराईले आफ्नो पाटी पनि छिट्टै समाजवादी मोर्चामा सहभागी हुने बताएका छन् । सो अवसरमा दुई नेताबीच वामपन्थी तथा प्रगतिशील शक्ति र पार्टीहरुबीचको एकताको विषयमा पनि छलफल भएको छ । नेसपा र नेकपाबीच पनि एकता गर्नुपर्ने विषयमा छलफल भएको छ । नेसपाका अध्यक्ष भट्टराईले नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता हुन सक्ने र पार्टी एकता गरेर नेकपालाई सघाउने बताएका छन् ।
यसैगरी, सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले मंसिर २४ गते, आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता गरेका थिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको निवास कोटेश्वरमा भएको उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध जारी गरेको आदेशको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।


उक्त भेटवार्तामा अध्यक्ष माधव नेपालले जिल्ला अदालत काठमाडौँको आदेशले आपूmलाई अचम्मित तुल्याएको बताउँदै यस विषयमा सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल गर्ने बताएका थिए । उनले सरकारले तीन बुँदे सहमतिको पालना गर्नु पर्ने बताउँदै जिल्ला अदालत काठमाडौँको आदेशले सकरात्मक दिशामा अगाडि बढिरहेको राजनीतिलाई बिथोल्न खोजेको आशंका समेत व्यक्त गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चा नेपालको गठन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको सकरात्मक प्रभावको विषयमा छलफल भएको र देशको राष्ट्रिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक, राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उद्देश्यसहित बनेको समाजवादी मोर्चाको आगामी कार्यक्रम छिट्टै बैठक बसेर सार्वजनिक गर्ने सहमतिसमेत भएको बताइएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मंसिर २४ गते, आइतवार बेलुका भेटवार्ता भएको छ । जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा भएको उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध जारी गरेको आदेशको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।


उक्त भेटवार्तामा अध्यक्ष यादवले नेकपाका शीर्षस्थ नेताहरुविरुद्ध अदालतको फैसला आउनु गम्भीर षड्यन्त्र भएको बताएका थिए । उनले जिल्ला अदालत काठमाडौँको यो फैसलाले तीन बुँदे सहमतिको उल्लंघन भएको बताउँदै यो फैसला वैदेशिक तत्व र शान्तिविरोधी तत्वहरुको गम्भीर षड्यन्त्र भएको बताएका थिए । अध्यक्ष यादवले जिल्ला अदालत काठमाडौँको यो फैसला देश र जनताविरुद्धको षड्यन्त्रका साथै समाजवादी मोर्चाविरुद्धको षड्यन्त्रसमेत भएको बताएका थिए ।
उक्त भेटवार्तामा अध्यक्ष यादवले जिल्ला अदालत काठमाडौँको आदेशले आपूmलाई अचम्मित तुल्याएको बताउँदै यस विषयमा सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल गर्ने बताएका थिए । उनले सरकारले तीन बुँदे सहमतिको पालना गर्नु पर्ने बताउँदै जिल्ला अदालत काठमाडौँको आदेशले सकरात्मक दिशामा अगाडि बढिरहेको राजनीतिलाई बिथोल्न खोजेको आशंका समेत व्यक्त गरेका थिए ।
उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड सीले राज्यसँग तीन बुँदे सहमति गरेर नयाँ राजनीतिक कोर्षमा नेकपा अगाडि बढिरहेको बेला काठमाडौँ जिल्ला अदालतले आफ्नो पार्टीका महासचिव, आपूm र अन्य नेतामाथि पक्राउ पुर्जी जारी गरिएको विषयमा समाजवादी मोर्चाले प्रतिवाद गर्नुपर्ने विचार राखेका थिए । उनले नेपालमा दलाल संसदीय व्यवस्थाको असफलताको परिणाम परिवर्तनका लागि संघर्षरत राजनीतिक पार्टीका नेतामाथि षड्यन्त्र हुँदै गएको र यो षड्यन्त्र समाजवादी मोर्चा भत्काउने डिजाइनमा पनि आएको हुन सक्नेतर्फ मोर्चा सचेत हुनुपर्ने समेत बताए थिए ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चा नेपालको गठन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको सकरात्मक प्रभावको विषयमा छलफल भएको र देशको राष्ट्रिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक, राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उद्देश्यसहित बनेको समाजवादी मोर्चाको आगामी कार्यक्रम छिट्टै बैठक बसेर सार्वजनिक गर्ने सहमति समेत भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा सो भेटवार्तामा बिगतको जनसंघर्षका उपलब्धिका विरुद्ध देशी÷विदेशी षड्यन्त्र बढेर गएको, भ्रष्टाचार, कमिशन, कालोधन्दा र महँगीले अर्थतन्त्र धराशयी भइराखेको र राजनीतिक भ्रष्टीकरण र अराजकता बढ्दै गइरहेको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा सरकारको कामको जनपक्षीयताका विषयमा छलफल हुनुका साथै नयाँ कार्यक्रम र योजना बनाएर देश र जनताविरुद्ध भइरहेका षड्यन्त्र चिर्न समाजवादी मोर्चाको बैठक तत्काल बस्नु पर्ने निष्कर्ष निकालिएको बताइएको छ । यसैगरी, उक्त भेटवार्तामा देशको समग्र समस्याको समाधान नयाँ राजनीतिक कोर्ष बनाएर खोज्नुपर्ने र त्यसका निम्ति दुई पार्टीबीच वार्ता र संवाद जारी राख्ने सहमतिसमेत भएको बताइएको छ ।
यतिबेला, नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध प्रकाउ पुर्जी जारी गरेपछि नेकपाका नेता–कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले सरकारले तीन बुँदे सहमति अक्षरशः पालन गर्नुपर्ने माग गर्दै आन्दोलनसमेत चर्काउँदै आएका छन् ।
स्मरणीय छ, तत्कालिन केपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्दै सोही सरकारले २०७७ साल फाल्गुन २१ गते नेकपासँग तीन बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा राजनीतिक समस्याहरु वार्ता तथा संवाद्बाट समाधान गर्न, राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भएको थियो । उक्त सहमतिको नेपाल कम्युनिस्ट पार्टीले अक्षरशः पालना गरे पनि सरकारले भने पटक–पटक उल्लंघन गर्दै आएको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]