“स्टालिनः तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया हुँदै

२०८० पुष ३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले १४५ औं स्टालिनको जन्मजयन्तीको अवसरमा “स्टालिनः तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी रहने बताइएको छ। नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा विहिवार (पुस ५ गते) विहान ८ बजे हुने उक्त कार्यक्रममा नेकपाका स्थायी समिति, पिविएम तथा केन्द्रीय समितिका सदस्य लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने नेकपाले जनाएको छ ।
विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु तथा रुसी समाजवादी व्यवस्थाका नेतृत्वदाता स्टालिनले लेनिनको निधन पछि सन १९२४ देखि सन १९५३ सम्म रुसमा समाजवादी व्यवस्थाको नेतृत्व गरेका थिए । स्टालिनले जर्मन साम्राज्यवाद विरुद्ध लड्दै दोस्रो विश्वयुुद्धको सामना गर्दै समाजवादी व्यवस्था रुसको रक्षा गर्न सफल भएका थिए ।
रुसमा समाजवादी व्यवस्था ल्याउने महाअयिानमा लेनिनसंगै स्टालिनको महत्वपूर्ण भूमिका रहेको थियो । उनको २१ डिसेम्बर सन १८७९ मा बुवा जुगुसविली र आमा एकतारेनियााको कोखबाट रुसको गोर्की भन्ने शहरमा जन्म भएको थियो ।
स्टालिनको बाल्यकालको नाम शो शो राखिएको थियो । उनको ११ बर्षकै उमेरमा बुवा जुगुसविलीको मृत्यु भएपछि एकल आमाले पालन पोषण र शिक्षा दिक्षा दिएकी थिइन ।
क्रान्तिकारी विचारमा लैस स्टालिन धेरै पटक पक्राउ परे । उनी लेनिनको दाहिने हात भएर काम गर्दैगर्दा लेनिनको मृत्यु पछि रुसी कम्युनिष्ट पार्टीको नेतृत्वदायी नायाक बनेका थिए ।
उनको योगदान र जन्मदिनको स्मरण गर्दै विहिवार नेकपाले जन्मजयन्ती भव्य रुपमा मनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]