नेकपा रुपन्देही जिल्लाद्वारा महासचिव विप्लव सी लाई कर्कटपाता हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पूर्व र पश्चिम रुपन्देहीले महासचिव विप्लव सीलाई ८ बण्डल कर्कटपार्ता हस्तान्तरण गरेको छ । सो पार्टीको कपिलबस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा नेकपा रुपन्देही पूर्व र पश्चिम जिल्लाा इन्चार्ज सरद सी र विश्वास सीले आज एक कार्यक्रमकाबीच कर्कटपाता हस्तान्तरण गरेका हुन ।
उक्त कर्कटपाता बुझ्दै महासचिव विप्लव सी ले रुपन्देही जिल्ला पार्टीलाई हार्दिक बधाई सहित धन्यवाद व्यक्त गरे । उनले सामूहिक कामका लागि सहयोग गर्नु सकरात्मक पक्ष भएको भन्दै अरु जिल्ला पार्टीलाई पनि प्रेरणा मिलेको बताएका छन । कर्कटपातालाई जनकम्युनमा बस्ने नेता तथा कार्यकर्ताहरुको अस्थायी आवास छाउनमा प्रयोग गरिने बताइएको छ ।