महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको विशेष बैठकमा पेश भएको महासचिव विप्लव सी को राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको छ । बैठकमा महासचिव विप्लव सी ले केन्द्रीय सदस्यहरुले पेश गरेका सुझावमाथि जवाफ दिएपछि राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको हो ।
सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुले समूहगत छलफल गरी समूह नेताहरुमार्फत मंगलवारको बैठकमा सुझावहरु पेश भएको थियो । राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित भएपछि अब बैठकका बाँकी एजेण्डामाथि छलफल हुने बताइएको छ ।