जनतालाई अधिकार सम्पन्न र सुखी बनाउन समाजवादी व्यवस्था अनिबार्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनतालाई सुखी र धनी बनाउन समाजवादी व्यवस्था अनिबार्य भएको बताएका छन । सो पार्टीद्वारा १४५ औं स्टालिनको जन्मजयन्तीको अवसरमा बिहिवार पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित “ स्टालिन, तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले लेनिन र स्टालिनले मिलेर रुसमा समाजवाद ल्याएपछि त्यहाँका जनता अधिकार सम्पन्न र सुखी भएको चर्चा गर्दै आफुहरुले पनि नेपालमा सबै जनता अधिकार सम्पन्न र सुखी बनाउने समाजवादी व्यवस्था ल्याउन चाहेकाे बताए । उनले रुसमा समाजवाद आएपछि मात्रै महिलाहरूले मताधिकार पाएकाे भन्दै रुसमा समाजवादी व्यवस्था ल्याउन र रुसको विकास गर्न स्टालिनकाे याेगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
महासचिव विप्लव सीले भने, ‘पुजीवाद भनेको बिखण्डता हो, असमानता हो, देशमा जातिय लडाई गर्ने भनेको पुजीवादले हो त्यसकारण हामीले पुजीवादी व्यवस्थाकाे अन्त्य गर्न चाहन्छौं र समाजवादी व्यवस्था ल्याउन चाहन्छौं, समाजवादले मात्रै सबै जातजाति, किसान, मजदुर, महिला, आम श्रमिक जनताहरुलाई अधिकार सम्पन्न गर्छ र सबैको समस्या हल गर्दछ ।’
नेकपाको केन्द्रीय कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गरेका थिए भने स्वागत मन्तव्य विषम सीेले राखेका थिए । कार्यक्रमकाे सञ्चालन पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले गरेका थिए ।