‘पुँजीवादको विकल्प समाजबाद’

२०८० पुष ७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पुँजीवादको विकल्प समाजबाद उत्कृष्ट व्यवस्था भएको बताएका छन । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा शुक्रबार सम्पन्न केन्द्रीय स्कुलिङ्ग विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन । उनले पुँजीवादी व्यवस्था जनतामाथि शोषण गर्ने प्रणालीमा आधारित व्यवस्था भएको भन्दै यो विश्वभर नकाम भएकाले समाजवाद चाहिने बताए ।
महासचिव विप्लव सी ले नयाँ संश्लेषणबाट प्रयोगमा जाने र प्रयोगबाट नयाँ संश्लेषणमा पुग्ने सुविधा नेपाल कम्युनिष्ट पार्टीलाई भएको बताउदै भने- ‘नयाँ संश्लेषणबाट प्रयोगमा जाने र प्रयोगबाट नयाँ संश्लेषणमा पुग्ने सुबिधा हामीलाई छ । त्यसैले हामीले विश्वको प्रवृत्तिलाई मध्यनजर गर्दै तर्कसहित परिणाम दिनुपर्छ । निराशाउन्मुख समाजमा आशावाद जगाउनु पर्छ । पुँजीवादको विकल्प समाजवाद दिनुपर्छ ।’
उक्त बैठकमा स्कुलिङ्ग विभागका इन्चार्ज भरत सी,सदस्यहरु भेषराज सी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु