समाजबादी मोर्चा नेपालको बैठक पुस १० गते बस्ने

२०८० पुष ८ गते, आईतवार

काठमाडौँ । समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार बस्ने बताइएको छ ।   समाजावादी मोर्चाका सचिवालय सदस्य तथा   नेपाल कम्युनिष्ट पार्टीका  प्रवक्ता प्रकाण्ड सीका अनुसार समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार अपरान्ह बस्ने छ।  काठमाण्डौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव   विप्लव सी, प्रवक्ता   प्रकाण्ड सीलगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि समाजबादी मोर्चा नेपालको भविष्यको बारेमा बिभिन्न टिकाटिप्पणी  हुँदै आएको छ  । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता   प्रकाण्ड सी ले प्रधानमन्त्री प्रचण्डलगायत  समाजबादी मोर्चा नेपालका सबै शिर्षस्थ  नेतासंग भेटवार्ता गरेर सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न दवाब दिएका थिए ।

प्रवक्ता प्रकाण्ड सीको उक्त पहलपछि  समाजबादी मोर्चा नेपालका संयोजक एबम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलगायतका नेताविरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको आदेशप्रति गम्भीररुपमा ध्यान आकर्षित भएको बताउदै नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरेको थियो  ।

यहीबीचमा बस्न लागेको समाजबादी मोर्चा नेपालको बैठक  अर्थपूर्ण  रहने निश्चित छ।

प्रतिक्रियाहरु

[anycomment]