भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता लज्जाजनक र राष्ट्रहित बिरोधि

२०८० पुष २० गते, शुक्रबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासलाई सोझै २० करोडका योजना लागू गर्न दिने सम्झौता लज्जाजनक र राष्ट्रहित बिरोधि सम्झौता भएको बताएका छन् । नेता खनालले शुक्रबा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।
नेता खनालले यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड भएको ठोकुवा गरेका छन । उनले
उक्त सम्झौताप्रति असहमती जनाउदै जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ । यो लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु ।’

प्रतिक्रियाहरु

[anycomment]