भारतीय दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता रद्ध गर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतले नेपालस्थित आफ्नो दुतावासमार्फत २० करोड रुपैयाँको विकाश परियोजना नेपाली जनतामाँझ सिधै लिन पाउने संझौता चरम राष्ट्रघाती र जनविरोधी भएको ठहर गर्दै उक्त संझौता तुरुन्त रद्ध गर्न नेपाल सरकार समक्ष विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय बिभाग इन्चार्ज प्रकाण्ड सी ले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा हिजो पौष १९ गते विहिवार नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठक High Impact Community Development Project (HICDP) कार्यान्वयन संझौता अनुशार भारत सरकारले नेपालस्थित राजदुतावासमार्फत २० करोड रुपैयाँ विकाश परियोजनाको आवरणमा सिधै जनतामा लगानी गर्ने विषयप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको उल्लेख गरिएको छ ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका खिलापमा HICDPकार्यान्वयन संझौतामा भारतीय साम्राज्यवादी शासकले नेपाल स्थित आफ्नो दुतावासमार्फत २० करोड रुपैयाँको विकाश परियोजना नेपाली जनतामाँझ सिधै लिन पाउने संझौता चरम राष्ट्रघाती र जनविरोधी भएको ठहर गर्दै, हाम्रो पार्टी उक्त संझौताको घोर निन्दा र कडा विरोध गर्दछ । उक्त संझौता तुरुन्त रद्ध गर्न नेपाल सरकार समक्ष विशेष माग गर्दछ । ‘
