‘ताईवान चीनको अभिन्न अङ्ग’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ताईवान चीनको अभिन्न अङ्ग भएको बताएको छ । सो पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा हालै ताइवानमा सम्पन्न भएको राष्ट्रपतिको चुनाव एवम् शनिवार प्राप्त नतिजालाई लिएर संयुक्त राज्य अमेरिकाको हस्तक्षेप र चीनको प्रतिवादको विषय प्रति बिश्व श्रमिक बर्गको एक टुकडी हुनुको हैसियतले नेपाल कम्युनिस्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षण भएको उल्लेख गर्दै भनिएको छ – ‘ ताइवानमा राष्ट्रपतिको चुनावको तयारीको अवधि देखिनै संयु्क्त राज्य अमेरिकाको चासो, मत गणनाको समयमा राष्ट्रपति जो वाईडेनका सुरक्षा सल्लाहकार जेक सुलिभान तथा विदेश उपमन्त्रीको टोली ताईवान पठाउनु र ‘ताईवानको ठुलो सहयोगीको हैसियतले यसक्षेत्रमा शान्ति र स्थायीत्व स्थापनाका निम्ति हाम्रो सहकार्य जारी रहने छ । हाम्रो साझा हितको रक्षाका निम्ति विलियमलाई र अन्य दलसँग सहकार्य गर्न ईच्छुक छौ।’ भन्ने भावको बधाई बक्तव्य राष्ट्रपति जो वाईडेन र विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले दिनुबाट अमेरिकी जो वाईडेन सरकारले ताईवानमाथि गरेको हस्तक्षेप, मच्चाउन खोजेको अशान्ति र उत्तेजनात्मक प्रशसाको अन्तर्यमा अमेरिकी विखण्डनवादी रणनीति रहेको कुरा स्पट हुन आउँछ । उक्त कार्यको हाम्रो पार्टी घोर निन्दा एवम्भत्र्सना गर्दछ । ‘एकीकृत चीन’ हाम्रो पार्टीको नीति हो । ताईवान चीनको अभिन्न अङ्ग हो । यो दृष्टिकोण र नीतिमा हाम्रो पार्टी र नेपाली जनता दृढ रहेको कुरा समेत प्रस्ट पार्न चाहन्छौ ।’