शिवगढी किल्ला अङ्ग्रेजविरुद्धको लडाईकाे माेर्चा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले शिवगढी किल्ला अङ्ग्रेजविरुद्धको लडाईकाे माेर्चा रहेकाे बताएका छन् । पर्यटन विकास संस्था शिवगढीद्वारा शुक्रबार आयोजित शिवगढी किल्लाको बृहत भ्रमण तथा अवलाेकन क्रममा महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । शिवगढी किल्ला भ्रमण तथा अवाेलकनका क्रममा महासचिव विप्लव सीले इतिहासमा नेपालकाे राष्ट्रकाे स्वाधिनताकाे रक्षार्थ खडा गरिएको यस संरचना वर्तमानमा समाजकाे आर्थिक, सामाजिक विकासका लागि जाेडनु पर्ने र भविष्यमा भावी पुस्ताका लागि ज्ञान र खाेजेकाे स्राेतकाे रुपमा स्थापित गर्नुपर्नेमा जाेड दिए । उनले भ्रमणकाे आयाेजना गरेर सान्दर्भिक र महत्वपूर्ण, भ्रमणकाे आयाेजना गरेकोमा पर्यटन विकास संस्थालाई धन्यवाद दिए ।
उक्त शिवगढी किल्ला भ्रमण तथा अवाेलकन शिवराज नगरपालिका प्रमुख अजय थापा, पर्यटन विकास संस्थाका अध्यक्ष माल बहादुर घर्ति मगर, सोही संस्थाका सल्लाहकार संयाेजक तथा नेपाली कांग्रेसका स्थानिय नेता हरि श्रेष्ठ लगायत स्थानीय अगुवा एवम् बुद्धिजिवी, युवासहित पर्यटन विकास संस्थाका पधाधिकारी सम्मिलित थिए ।
उक्त अवसरमा शिवराज नगरपालिका प्रमुख अजय थापाले शिवगढी किल्लाकाे संरक्षण र प्रवर्द्धनका लागि यथाशिघ्र पहल लिने र किल्लाको घेरबारका लागि निश्चित रकम विनियाेजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
