विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद भएको ठोकुवा गरेका छन। अखिल (क्रान्तिकारी) लुम्बिनी कमान्डको बैठक तथा विद्यार्थी साधारण शाखा लुम्बिनीको बैठकलाई पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सी ले देशमा राजनीतिक संकट गहिरिएकोले सबै क्षेत्र तहसनहस भैइरहेको उल्लेख गर्दै युवा विद्यार्थीहरूले सचेततापुर्वक आन्दोलन उठाउनु पर्ने बताए ।
महासचिव विप्लव सी ले क्रान्ति सम्पन्न गरेर देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरि छाड्ने बताए । उनले अहिलेको सबै समस्याको कारण विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था भएको बताउँदै त्यसको एकमात्र विकल्प समाजवाद रहेको र नेपालको दलाल संसदीय गोलचक्करबाट देशलाई मुक्त गरि समाजवादी व्यवस्था स्थापना गरिछाड्ने दाेहाेर्याए ।
महासचिव विप्लव सी ले नेपालमा समाजवादको स्कुल नेकपाले सिर्जना गरेकोसमेत बताए ।
यसैगरी उक्त बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य शिलु सीले नेपालमा गहिरिदो राजनीतिक संकटको समाधान नेपाल कम्युनिस्ट पार्टीसंग मात्र भएको बताउँदै नेकपाले अबको देशको नेतृत्व गर्ने बताइन् । उनले आगामी आन्दोलनको मुख्य शक्ति युवा विद्यार्थी भएकाले साेही अनुसारको नै अखिल(क्रान्तिकारी) ले भूमिका निर्वाह गर्न निर्देशन दिइन् ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य शरद सीले विद्यार्थी नै देशका विभिन्न क्षेत्रमा नेतृत्व गर्ने भएकाले अखिल (क्रान्तिकारी) विशेष सांगठनिक अभियान चलाउने पर्नेमा जाेड दिए ।
उक्त बैठकमा बाेल्दै अखिल (क्रान्तिकारी) का महासचिव ललित सीले अखिल (क्रान्तिकारी) घनिभुत २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा रहेको बताउँदै आफ्नो संगठनको सम्मेलन केवल कर्मकाण्डी मात्र नभएर नेपालको शैक्षिक विकृति विसंगति विरुद्धको मोर्चा कस्दै आमूल शैक्षिक रुपान्तरणका लागि आधीबेहरी सिर्जना गर्ने आन्दोलन भएको बताए । उनले अखिल (क्रान्तिकारी) विद्यमान अव्यवहारिक र पुरानो काम अलाग्ने शैक्षिक प्रणालीलाई मिल्काएर वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने अभियानमा रहेको बताउँदै त्यसरी नै लुम्बिनी कमान्ड लाग्नु पर्नेमा जाेड दिए ।
बैठक नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता, स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीको विशेष आतिथ्यतामा र अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष तथा लुम्बिनी कमान्ड इन्चार्ज एवम् लुम्बिनी कमान्ड विद्यार्थी साधारण शाखा सचिव प्रीतिमा सीको अध्यक्षतामा बसेको थियो ।
बैठकमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन र संगठन, संघर्ष, आर्थिक, विभिन्न प्रस्तावहरूमाथि निर्णय गरेको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज सन्जिव सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य शरद सी, अखिल (क्रान्तिकारी) का महासचिव ललित सी युवा संगठन विश्लेषण सी, नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य दिनेश सी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले निरासाको भुमरीबाट देशमा नयाँ आशाको किरण भर्न यूवाहरुलाई आग्रह गरेका छन् । माघ ६ गते, शनिबार केन्द्रिय कार्यालय शिवगढीमा सम्पन्न युवा संगठन नेपाल २ नं. कमाण्डको प्रथम विस्तारित वैठकमा उनले सो निर्देशन दिएका हुन् ।
यूवा संगठन नेपालको २ नं. कमाण्डमा ३ वटा व्यूरोहरु पर्दछन् । जस अन्तर्गत लुम्विनी, पश्चिम लुम्विनी र राप्ती व्यूरोका २२ जिल्ला रहेका छन् । बैठकमा महासचिव विप्लव सी ले यूवाहरुलाई निरासाको चौतर्फी भुमरी र कालो बादल भित्रबाट निस्केर देशमा नयाँ आशाको किरण भर्न आग्रह गर्दै यूवा संगठन नेपाल सिंगो नेपाली यूवाहरुको आशा, भरोसा र नेतृत्वदायी संगठन बन्न निर्देशन दिए । उनले खासगरी आजका यूवाहरु परनिर्भरताबाट ग्रसित भई चौतर्फी निरासाको गोलचक्करमा फसेकोले परनिर्भरता, निरासा र हिनताबाेधका पर्खालहरु भत्काउँदै उत्पादन र आत्मनिर्भरतामा जोडिन पनि यूवाहरुलाई विशेष निर्देशन दिए ।
बैठकमा नेकपाका स्थायी कमिटी सदस्य तथा फ्याक्शन इन्चार्ज शिलु सीले भ्रष्टहरुको हातमा रहेको देशलाई क्रान्तिकारी यूवाहरुले संघर्षको बलबाट मुक्त गरी स्वाधिन र स्वाभिमानी राष्ट्र निर्माण गर्न यूवाहरुलाई पहलकदमी लिन अनुरोध गरिन । उनले देश यतिबेला इतिहाँसकै सर्वाधिक संकटमा परेकोले एमसीसी जस्ता राष्ट्रघाती सम्झौता गर्दै अमेरिकी साम्राज्यवादको सैन्य अखडा निर्माण गर्दै नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउन नेपालका दलालहरु न्वारानदेखिको बल लगाई लागि परिरहेकोले फेरि एक पटक आत्मसमर्पणवादीहरुका विरुद्ध क्रान्तिकारी यूवाहरु एकतावद्ध हुनुपर्ने बताइन् ।
बैठकमा नेकपाका पिविएम तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सी, नेकपा केन्दिैय सदस्य तथा राप्ती व्यूरो इन्चार्ज सविन सी , केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सरद सी, यूवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन सी, लगायतले मनतव्य राखेका थिए ।
वैठकले संगठनको पाँचौ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागी चैत्र पहिलो हप्तासम्म कमाण्डका सबै जिल्ला सम्मेलन तथा भेलाहरु सम्पन्न गरिसक्ने निर्णय गरेको छ । त्यस्तै एमसीसी, महंगी, भ्रष्टाचार , कमिशनखोरका विरुद्ध सशक्त संघर्ष गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरेको संगठनका केन्द्रिय कार्यालय सदस्य विश्लेषण सीले जानकारी दिए । यूवा संगठन नेपाल २ नं. कमाण्ड इन्चार्ज विश्लेषण सीको अध्यक्षतामा प्रथम पुर्ण विस्तारित वैठक सम्पन्न भएको थियो ।